काठमाडौं। २०७२ सालको विनाशकारी भूकम्पको १०औं वार्षिक स्मृति दिवसमा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनीले विशेष मैत्रीपूर्ण फुटसल खेल आयोजना गरेको छ। सामाजिक एकता र भूतपूर्व पीडितहरूको स्मरण गर्दै गरिएको कार्यक्रम काठमाडौंस्थित फुटसल मैदानमा सम्पन्न भयो।
लायन्स क्लब ३२५ःका फर्स्ट चियरपर्सन लायन रत्न पराजुलीले उद्घाटन गर्दै खेलकुदमार्फत भाइचारा र सहकार्य प्रवर्द्धन गर्नु आजको आवश्यकता भएको बताए।
रिजन जोन पर्सन लायन शिबदेब पाण्डेले सहभागी टिमहरूको उत्साह र अनुशासनको प्रशंसा गर्दै यस्ता कार्यक्रमले संस्थागत सम्बन्ध बलियो बनाउने बताए।
क्लब अध्यक्ष लायन प्रमोद ज्ञवाली र रिजन पर्सन लायन शिबदेब पाण्डे नेतृत्वका दुई टिमबीच प्रतिस्पर्धा भएको खेल क्लबका पूर्व अध्यक्ष लायन रुद्रदेव पाण्डेले पहिलो गोल गर्दै प्रारम्भ गरेका थिए। खेल ९–९ को बराबरीमा सकियो।
क्लब अध्यक्ष ज्ञवालीले सामाजिक उत्तरदायित्वसँगै सदस्यहरूबीच आत्मीयता बढाउने यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
सचिव लायन अशोक बेल्बासेको संयोजनमा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा अन्य लायन नेताहरूको उल्लेखनीय उपस्थिति थियो। सचिव बेल्बासेले यस्ता खेलकुद गतिविधिले दीर्घकालीन प्रभाव पार्ने बताए।
भूकम्प स्मृतिमा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनीको फुटसल
भूकम्प स्मृतिमा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनीको फुटसल

Advertisement
तपाईको प्रतिक्रिया