• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नेपाल सरकारलाई सडकबाट नव वर्षको शुभकामना


  •   आइतबार, चैत ३०, २०८१ मा प्रकाशित
  • हे नेपाल सरकार, तपाईंलाई नयाँ वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना!

    Advertisement

    नयाँ वर्षको संघारमा हामी आशा र उत्साहका साथ उभिएका छौं। तर, यतिखेर देशको बौद्धिक वर्ग – शिक्षकहरू – सडकमा शैक्षिक अधिकारका लागि आवाज उठाइरहेका छन्। बेमौसमी झरीमा भिज्दै, घामको रापमा सुक्दै, सडकमा बसेका ती शिक्षकमाथि सरकारको बेवास्ता दुखद् र चिन्ताजनक छ।
    बसन्त ऋतुले जस्तै नयाँ वर्षले पनि देशमा नयाँ उमङ्ग, जोश र आशा ल्याउनुपर्थ्यो। तर दुर्भाग्यवश, शिक्षामा सरकारको गैरजिम्मेवारीले हजारौं शिक्षकमात्र होइन, सम्पूर्ण देशलाई पीडा दिएको छ।
    प्रजातान्त्रिक मुलुकमा शिक्षकलाई सडकमा घुँडा टेक्न बाध्य पार्ने शासनप्रणाली कस्तो लोकतन्त्र हो सरकार? सरकारी र निजी विद्यालयबीचको भेद, पाठ्यक्रमको अन्योल, र शिक्षा क्षेत्रमा रहेको राजनीतिक हस्तक्षेप कहिलेसम्म जारी रहन्छ?
    शिक्षकहरू सडकमा छन्, तर उनीहरूको शिक्षणप्रतिको प्रतिबद्धता भने यथावत् छ। सञ्चारमाध्यममा देखिएका तस्बिरहरूले यो स्पष्ट पार्छ। तर सरकारले ती शिक्षकहरूको जायज माग सम्बोधन गर्न हिच्किचाउनु लाजमर्दो कुरा हो।
    २०८१ असोज ५ र १२ गते सरकार र शिक्षकबीच भएको २४ बुँदे सहमति कता गयो? सम्झौतामा हस्ताक्षर गरेर पनि कार्यान्वयन नगर्नु आफैँमा विश्वासघात होइन र?
    म कुनै दलको एजेन्डा लिएर बोलिरहेकी होइन। म एक शिक्षिका हुँ – ती बालबालिका जसले नयाँ वर्षमा विद्यालय भर्ना भएर उज्ज्वल भविष्यको सपना देखिरहेका छन्, उनीहरूको पक्षमा बोलिरहेकी हुँ।
    शिक्षकले सडकमा बिताएको समय, खर्चिएको ऊर्जा, देशको सीमामा लगाएर परिचालन गरिएको भए, सायद आज जङ्गे पिलरको संख्याभन्दा शिक्षा पिलर बलियो हुन्थ्यो।
    शिक्षामा सरकारको यस्तो बेवास्ता र गैरजिम्मेवारी व्यवहारले भविष्यमा कुन इतिहास लेखिन्छ, त्यो हेर्न बाँकी छ।
    शायद केहीलाई मेरो यो भावना नमिठो लाग्न सक्छ। तर सत्य भनेको सधैं मिठो हुँदैन।
    नयाँ वर्षको स्वागतमा जब देशभर दीप प्रज्वलन भइरहेको छ, तब बौद्धिक वर्ग भने सडकमा बिचल्ली छन्। यही वेदनाले मलाई शब्दमार्फत सरकारलाई सम्बोधन गर्न बाध्य बनायो।
    देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, शिक्षक, विद्यार्थी, अभिभावक, व्यापारी र बौद्धिक वर्ग सबैलाई नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!
    नयाँ वर्ष २०८२ देशको लागि ऐतिहासिक बनोस्। शिक्षामा न्याय, समाजमा समानता र राष्ट्रमा समृद्धि ल्याओस् – यही शुभकामना!
    लेखक साहित्यकार एवंम शिक्षिका हुनुहुन्छ।

    आइतबार, चैत ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation