बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको हाेटल पाैवाले आफ्नो नवाैं बार्षिकाेत्सव मनाउन लागेको छ । पाैवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर स्वाद उत्सव गरि आफ्नो बार्षिकाेत्सव धुमधामका साथ मनाउन लागेको हाे । हाेटल पाैवाका अध्यक्ष दुर्गा भण्डारीका अनुसार चैत २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा स्वाद उत्सव गर्न लागिएको हाे । स्वादउत्सवमा नेपाली स्वाद र नेपाली संस्कृति झल्किने मौलिक खानाका परिकारहरु चाख्न पाईने अध्यक्ष भण्डारीले बताए ।वार्षिकोत्सवको खुसियालीमा देशभरका शाखाहरूमा विभिन्न नेपाली खानाका स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य हामीले राखेका छाै, `यस अवसरमा हाम्रा पाहुनाहरुले साच्चिकै नेपाली मौलिक खानाकाे स्वाद पाउनुहुन्छ भण्डारीकाे भने´
स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने प्रण गर्दै आएकाे हाेटल पाैवाले आफ्ना सवै शाखाहरुवाट अहिले पनि नेपाली स्वाद, नेपालीपनको सत्कार, नेपाली पाेसाक, नेपाली कला र संस्कृतिकाे जगेर्ना गर्दै आएकाे छ ।
नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वाद उत्सव कार्यक्रम आफ्ना सवै शाखाहरूबाट एकैसाथ सञ्चालन हुनेछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटेल पौवाले आफ्नो पहिलो यात्रा सुरु भएको थियो । अहिले हाेटल पाैवाले देशका डेढ दर्जन स्थानमा आफ्नो शाखा विस्तार गरेर सेवा दिदै आएको छ भने करि एक हजारले राेजगारी पाएका छन । पाँचतारे होटेल पाैवा हाेटलसङै पौवा बनवास रिसोर्टसमेत सञ्चालन ल्याउने तयारीमा हाेटल पाैवा रहेको छ । स्वाद उत्सवमा सहभागी हुनका लागि दुई लाख भन्दा बढी पाहुनालाई निमन्त्रणा पत्र पठाईएकाे हाेटल पाैवाले जानकारी दिइएको छ ।
नवाैं वार्षिकोत्सबसगैं स्वाद उत्सव गर्दै हाेटल पाैवा
नवाैं वार्षिकोत्सबसगैं स्वाद उत्सव गर्दै हाेटल पाैवा

Advertisement
तपाईको प्रतिक्रिया