• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल अब्बल  


  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
  • गुल्मी । स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा अब्बल भएको । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ ।
    आर्थिक वर्ष ०८१÷०८२ सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल अब्बल सावीत भएको हो । अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा पृथ्वीचन्द्र अस्पताल नवलपरासी का मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल होडा सहितको टोलिले गुल्मी अस्पतालमा न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मुल्याङकन गरेको थियो ।  अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मुल्याङकन गर्दा विगतमा भन्दा थप उपलब्धी पाएको डक्टर होडाले बताए । गत वर्षको मूल्याङनमा पनि गुल्मी अस्पताल ९१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो । तर, यशवर्ष ९१ प्रतिशत अंक ल्याएको छ । यसरी अस्पतालले सेवाप्रवाहलाई थप स्तरीय बनाउन तर्फ लागेको संकेत प्राप्त मुल्याङकनको नतिजाले उल्लेख गरेको छ ।  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको सहभागितामा अस्पतालले न्यूनतम सेवा मापदण्ड मुल्याङकन सार्वजनिक तथा समिक्षा समेत गरेका थियो ।  मूल्याङकन नतिजा सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्री सारुले पछिल्लो समय गुल्मी अस्पतालले गरेको प्रगतीको प्रशंसा गरे ।    उनले यस अस्पतालको बन्दै गरेको भवन सम्पन्न सबैको चासो रहेको उल्ले गरे । अस्पतालले अंक ल्याउने कुरा भन्दा पनि सेवा प्रवाहलाई निरन्तर गुणस्तरीयतालाई ध्यान दिन जोड दिए ।    उनले ५५ बुँदे लक्ष्यका साथ सुसासन कायम गर्न स्वास्थ्य मन्त्रालय लागिपरेको बताए । लुम्बिनी प्रदेशसभा सदस्य तथा अस्पतालका संस्थापक अध्यक्ष डिल्लीराज भुसालले २०५१ सालदेखि अस्पतालको विकास क्षेत्रमा सहकार्य गर्दै आईरहेको बताए  ।  उनले अस्पतालको भौतिक निर्माण गर्न निकै दुख गरेर बजेट विनियोजन गरेपनि निर्माण व्यवसायीले ढिलो काम गर्दा समस्या भएको बताए। भुसालले ग्रामिण क्षेत्रका पहाडी जिल्लाका अस्पतालहरुमा डाक्टर आउन नमान्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव व्यक्त गरे ।  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बासुदेव उपाध्यायले दुर्गम जिल्लाका अस्पतालमा जनशक्ति पुर्याउन समस्या रहेको बताए । उनले कार्यालयलाई पेपरलेश र क्यासलेश बनाउने विषयलाई ध्यान दिनुपर्ने बताए ।  कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले २ महिना भित्र अस्पताल निर्माण सक्न ताकेता गरिरहेको बताए । उनले योजना निर्माणसंगै नतिजामुखि कार्यसम्पादनको आवश्यकता भएको बताए ।  स्वास्थ्य निर्देशनालयका बरिष्ट जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्न सक्षम छ भन्ने भान भएको बताए । उनले अस्पतालकोथप विश्वसनियता बढाउन विकास समितिले सेवाको गुणस्तरीयतालाई प्रमुख रुपमा ध्यान दिएर योजना बनाउनुपर्ने बताए । गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट तथा कार्यालय प्रमुख विभव बस्यालले न्यूनतम सेवा मापदण्ड कार्यक्रमले आफुले दिने सेवामा के कमजोरी छ र कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी पाउँदा अस्पतालको सेवा प्रवाहमा सहज भएको बताए । यो उपलब्धी प्राप्त गर्न सबैको सहयोगबाट यश अवस्थामा आउन सफल भएको डा. बस्यालले बताए ।
    अस्पतालको भौतिक संरचनाको अभावले गर्दा उत्कृष्ट सेवाप्रवाहमा समस्या रहेको बस्यालले बताए । उनले अब गुल्मी अस्पताललाई थप उचाईमा पुर्याउनका लागि मुख्य गरिभौतिक संरचनाको कमी रहेको बताए । निर्माणाधिन अस्पताल भवन छिटो हस्तान्तरण गर्न सके सेवा प्रवाहमा थप सहज हुने सहभागीको जोड छ । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, पत्रकारहरु, नागरिक समाज तथा सरोकारवालाहरुले अस्पतालको विकास र सेवा प्रवाहका विषयमा आआफ्ना विचार व्यक्त गरेका थिए ।
    कार्यक्रममा अस्पतालको सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने प्रसुति रोग बिशेषज्ञ डक्टर शोफिया भलामी सहित कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ ।   गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेयले सबैको सुझाव ग्रहण गरेर अस्पताल विकास र गुणस्तरिय सेवा प्वाहका लागि कार्यान्वयन गर्ने बताए ।  उनले समग्र गुल्मी बासिन्दाहरुको लागि गुल्मी अस्पतालले प्राथमिकताका साथ योजना बनाएर काम गर्ने बताए । गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलाइसिस सेवा लगायतका बिशेष डक्टरहरु सहितका सेवा बिस्तार भएका छन् ।
    अस्पतालको प्रत्येक वर्षमा न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन गरिदै आएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्याले बताए । न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन आधारमा अस्पताल कुन अवस्थामा छ भन्ने आधार तय हुने अर्यालको भनाइ छ । भौतिक संरचना अभावका बिचमा पनि अस्पताल अब्बल सावीत हुदै आएको छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ । ०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् ।आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ । गुल्मी अस्पतालमा अहिले प्रसुती र हाडजोर्नी बिशेषज्ञ सेवा बिस्तारले सयौं बिरामीहरुले सहजरुपमा सेवा लिन पाएका छन् ।
    पहाडी जिल्लाहरुमा बिशेषज्ञ डक्टरहरु दरबन्दी भएपनि आउन नमान्ने भएकाले सेवाग्रहीले बिशेषज्ञ सेवा लिन समस्या पनि रहेको छ ।

    Advertisement

    सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • २.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ५.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ७.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ८.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation