• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ६. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गुल्मी अस्पतालमा ईएमआर प्रणाली सुरु      


  •   शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको मेसिन विश्व स्वास्थ्य संगठन नेपालका डा.एलीसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले गुल्मी अस्पतालका विकास समितिका अध्यक्षत गोपाल पाण्डे तथा अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तारतण गरेका थिए।
       विद्युतिय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य संगठन नेपालका डा.एलीसन गोकोटनाले यो प्रणालीले नागरिकलाई धेरै सहज हुने बताए । उनले यसको अधित्तम प्रयोग गरेर सेवा लिन आग्रह गरे ।  विश्व स्वास्थ्य संगठनले लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरीमै नवौं अस्पताल रहेको छ । विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो ।  यो प्रणाली सुरुभएसँगै अस्पतालबाट उपलब्ध हुने सबै सेवा डिजिटल माध्यममा देखिने भएको छ ।   टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, औषधी लगायत विवरण ईएमआर प्रणाली मार्फत जानकारी लिन सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । ईएमआर प्रणाली मार्फत बिरामीलाई बिगतदेखि वर्तमानसम्मका विवरण सजिलै उपलब्ध हुनेछन् ।
         ईएमआर प्रणालीको सुरु गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रदेश सरकार जनताप्रति जवाफदेहि हुने गरि र जनताले सरकारको महसुस गर्ने गरि काम गरिरहेको बताए । ईएमआर प्रणाली सुरु भएसँगै बिरामीलाई कागजी प्रक्रियाको झनझट अत्य गरेकाले सहयोग गर्नेलाई धन्यवाद दिए ।
    यस कार्यले नागरिकको सहजताका निम्ति निकै उपयोगी हुने मन्त्री सारुले बताए । मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका गाडीमा जिपीएस जडान गर्ने, शुल्क सहितको नागरिक वडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरुको नाम देखिने गरि प्राईभेट अस्पतालहरुको बोर्डमा नाम राख्ने काम बन्द गर्नेलगाएतका कामहरु सुरु गरेको र यसको प्रभावकारीता सकारात्मक देखिएको बताए ।
         गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट तथा कार्यालय प्रमुख बैभव बस्यालले ५० शैया रहेको गुल्मी अस्पतालमा अर्घाखाँचील, प्यूठान, बाग्लुङगाएतका छिमेकी जिल्लाका बीरामीहरुले समेत सेवा लिने बताए ।  कार्यक्रममा सहभागीले अस्पतालमा आउने बीरामीहरुमा जनचेतना फैलाउन नसकेका कारण अस्पतालको सेवा प्रवाह असहज भएको बताएका थिए । निर्माणाधिन अस्पताल भवन छिटो हस्तान्तरण गर्न सके सेवा प्रवाहमा थप सहज हुने सहभागीको जोड छ । गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेयले सबैको सुझाव ग्रहण गरेर अस्पताल विकास र गुणस्तरिय सेवा प्वाहका लागि कार्यान्वयन गर्ने बताए । ईएमआर प्रणाली मार्फत बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने विश्व स्वास्थ्य संगठन नेपालका सुदन ज्ञवालीले बताए ।
      यो प्रणाली मार्फत रोगको निदान तथा उपचार पद्धतिमा बिरामीलाई कम भार पर्नेछ । एकीकृत तथ्यांकको भण्डारण र व्यवस्थापनले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने ज्ञवालीले बताए ।  राज्यको स्वास्थ्य नीति निर्माण र प्राथमिकता तय गर्न तथ्याङ्क सहज प्राप्त गर्न सहज हुनेछ ।

    Advertisement

    शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation