कांग्रेसको केन्द्रीय समिति बैठक असोज २१ गते

काठमाडौं, असोज १९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक असोज २१ गतेका लागि सारिएको छ ।

सुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरु काठमाडौंबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको थियो ।

पछि नेता उपलब्ध हुने देखिएपछि असोज २१ गतेका लागि बैठक तोकिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, नेपाल विद्यार्थी संघको विधान पारित, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए । रासस

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...