कामनाडेली- कपिलवस्तुमा आगामी माघ १२ गतेदेखि सुरु हुने जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता “KPL प्रिमियर कप २०८१” को तयारी तीव्र पारिएको छ । खेल संयोजक रहिस शाहको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ ।
KPL प्रिमियर कप २०८१ युवा अमन सामाजिक विकास केन्द्र, अर्थ च्यारिटेबल फाउन्डेसन र इन्डो नेपाल सामाजिक मञ्चको संयुक्त आयोजना गरेको रहिस शाहले बताउनु भयो । बैठकले अशोक कुमार यादवको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको छ । अतिथि सत्कार व्यवस्थापन उपसमितिको संयोजकमा मिर्जा रासिद बेगलाई चयन गरिएको छ । त्यस्तै, युवा व्यवस्थापन उपसमिति संयोजकमा बदरे आलमलाई चयन गरिएको छ ।
सचिवालय तथा समन्वय उपसमिति अकरम पठानको संयोजकत्वमा रहनु भएको छ । प्रचारप्रसार उपसमिति संयोजकको जिम्मेवारी सफदर खानलाई दिइएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका-७, जवाभारी (चिनी मिल) मा आयोजना हुने यो प्रतियोगिताले जिल्लाका युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने र खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्य राखेको संयोजक रहिस शाहले बताउनु भयो ।
प्रतियोगिताको पहिलो पुरस्कार रु. १,०१,००० र दोस्रो पुरस्कार रु. ५१,००० तोकिएको छ । प्रतियोगितामा सहभागी टोलीका लागि प्रवेश शुल्क रु. ५,५०० निर्धारण गरिएको छ ।
प्रतियोगिताको उद्घाटन माघ १२ गते शनिबार (२५ जनवरी २०२५) का दिन हुनेछ ।
कपिलवस्तुमा ‘KPL प्रिमियर कप २०८१’ को तयारी, विभिन्न उपसमिति गठन
कपिलवस्तुमा ‘KPL प्रिमियर कप २०८१’ को तयारी, विभिन्न उपसमिति गठन
Advertisement
तपाईको प्रतिक्रिया