• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

जाडो छल्न हिमाल छिचोलेर भित्रिन थाले विभिन्न प्रजातिका चरा


  •   बिहिबार, असोज १८, २०७५ मा प्रकाशित
  • काठमाडौँ, असोज १८ । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो ।

    Advertisement

    उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिनुभयो । यसरी आउने कतिपय चरा सगरमाथा नाघेर आउँछन् । कतिपय विभिन्न क्षेत्रबाट भित्रिन्छन् । “चिसोले पानी जम्छ र भएका किरा मर्छन्, त्यसैले जाडोबाट बच्न चरा नेपाल आउने हो ।” डा बरालले भन्नुभयो, “धेरै चरा आइसके, केही आउँदै छन् ।”

    सगरमाथा नाघेर आउने खोया हाँसले नौ हजार ३७५ मिटरमाथि उडान भरेको अभिलेख छ । हाँसमात्रै २२ बढी प्रजातिका आउँछन् । कतिपय चराले करीब पाँच हजार किलोमिटर दूरी पार गर्छन् । सामान्यतः यसरी बसाइ सरेर आउने चराले दुई, तीन हजार किमी दूरी पार गरेकै हुन्छन् ।

    अहिलेसम्म सुइरोपुच्छ«े, बिजुलागैरी, सिन्दूरे, खडखडे, सुडसुडिया, टिकटिके, ट्याकट्याके चरा नेपाल भित्रिसकेको पक्षीविद् सङ्घका अध्यक्षसमेत रहनुभएका डा बराल बताउनुहुन्छ । पाहुना चराले नेपालमा छदेखि आठ महीना बिताउँछन् । ठूलो चील (महाचील) मङ्गोलिया, चीन, साइबेरियाबाट आउँछ ।

    असोजको पहिलो साताबाट चरा आउन थालेको हो । चितवन, कोशी, कपिलवस्तुको जगदीशपुर ताल, बर्दिया, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आएका चरा देखिन थालेको छ ।

    चितवनमा विभिन्न प्रजातिका चरा आइपुगेको वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिनुभयो । वनजङ्गल र झाडीमा बस्ने चरा आउन थालेको छ । यस्ता चरा चितवन, काठमाडौँलगायत वरिपरि देखिन थालेको चराविद्ले बताएका छन् । जाडो छल्न बसाइँ सरेका पानी चरा काठमाडौँको वाग्मतीमा देखिन थालिसकेको छ । असोज चराका लागि बसाइँ सरेर आउने महत्वपूर्ण समय हो । असोजको अन्तिमसम्ममा यहाँ अधिकांश चरा आइसक्छन् । अभिलेखअनुसार १४९ प्रजातिका चरा नेपाल भित्रिन्छन् । आधा जति सिमसारमा बस्ने चरा हुन्छन् ।

    कपिलवस्तुको जगदीशपुर तालमा नेपालमै बढी चरा पाइन्छन् । चराविद् टीका गिरी राम्रो वासस्थान भएकाले विभिन्न देशबाट चरा नेपालमा आउने बताउनुहुन्छ । उहाँका अनुसार चरा पर्यटनका लागि नेपाल उपयुक्त भए पनि सरकारको ध्यान यसतर्फ जान सकेको छैन ।

    नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । सबैभन्दा बढी प्रजाति चितवनमा भेटिन्छ । बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाही बर्दियामा बसाइँ सरेर आउन थालेको बताउनुहुन्छ । कर्याङकुरुङ उडेको देखियो तर नेपाल नाघेर कतिपय चरा भारत पुगेको दाबी उहाँको छ । नेपाल सानो क्षेत्र भएकाले धेरैमाथिबाट उडान गर्ने चरा नेपाल नाघेरै अन्य देश पुग्ने चराविद् बताउँछन् ।

    ग्रीष्म आगन्तुक चरा घर छाड्दै

    यता ग्रीष्मका आगन्तुक चराले भने नेपालको घर छाड्न थालेको छ । कोइली, मुरली, जुरे कोइली, लालचुच्चे ठेउवाजस्ता चरा घर छाडेर दक्षिण लागेका छन् । यी दक्षिणबाट बच्चा कोरल्न आउँछन् ।

    दक्षिणी क्षेत्रमा भन्दा नेपालमा प्रतिस्पर्धा कम हुने र उनीहरुलाई आक्रमण गर्ने प्रजाति पनि कम हुने भएकाले बच्चा कोरल्न नेपाल छान्छन् । बच्चा हुर्काएपछि पुनः दक्षिण नै फर्कन्छन् । ती चरा भारत, श्रीलङ्कालगायत देशमा जान्छन् । अधिकांशले बच्चा हुुर्काइसकेका छन् । यस्ता चराको मुख्य वासस्थान भने दक्षिण क्षेत्र हो । केही सिमसारका चरा उडिसकेको र सुइरोठूँडे, गरुड, बकुल्लाले बच्चा हुर्काएर उडाइसके । अब केही चराको बच्चा उड्ने तयारीमा रहेको डा बराल बताउनुहुन्छ । (रासस)

    बिहिबार, असोज १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...