• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

जाडो छल्न हिमाल छिचोलेर भित्रिन थाले विभिन्न प्रजातिका चरा


  •   बिहिबार, असोज १८, २०७५ मा प्रकाशित
  • काठमाडौँ, असोज १८ । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो ।

    Advertisement

    उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिनुभयो । यसरी आउने कतिपय चरा सगरमाथा नाघेर आउँछन् । कतिपय विभिन्न क्षेत्रबाट भित्रिन्छन् । “चिसोले पानी जम्छ र भएका किरा मर्छन्, त्यसैले जाडोबाट बच्न चरा नेपाल आउने हो ।” डा बरालले भन्नुभयो, “धेरै चरा आइसके, केही आउँदै छन् ।”

    सगरमाथा नाघेर आउने खोया हाँसले नौ हजार ३७५ मिटरमाथि उडान भरेको अभिलेख छ । हाँसमात्रै २२ बढी प्रजातिका आउँछन् । कतिपय चराले करीब पाँच हजार किलोमिटर दूरी पार गर्छन् । सामान्यतः यसरी बसाइ सरेर आउने चराले दुई, तीन हजार किमी दूरी पार गरेकै हुन्छन् ।

    अहिलेसम्म सुइरोपुच्छ«े, बिजुलागैरी, सिन्दूरे, खडखडे, सुडसुडिया, टिकटिके, ट्याकट्याके चरा नेपाल भित्रिसकेको पक्षीविद् सङ्घका अध्यक्षसमेत रहनुभएका डा बराल बताउनुहुन्छ । पाहुना चराले नेपालमा छदेखि आठ महीना बिताउँछन् । ठूलो चील (महाचील) मङ्गोलिया, चीन, साइबेरियाबाट आउँछ ।

    असोजको पहिलो साताबाट चरा आउन थालेको हो । चितवन, कोशी, कपिलवस्तुको जगदीशपुर ताल, बर्दिया, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आएका चरा देखिन थालेको छ ।

    चितवनमा विभिन्न प्रजातिका चरा आइपुगेको वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिनुभयो । वनजङ्गल र झाडीमा बस्ने चरा आउन थालेको छ । यस्ता चरा चितवन, काठमाडौँलगायत वरिपरि देखिन थालेको चराविद्ले बताएका छन् । जाडो छल्न बसाइँ सरेका पानी चरा काठमाडौँको वाग्मतीमा देखिन थालिसकेको छ । असोज चराका लागि बसाइँ सरेर आउने महत्वपूर्ण समय हो । असोजको अन्तिमसम्ममा यहाँ अधिकांश चरा आइसक्छन् । अभिलेखअनुसार १४९ प्रजातिका चरा नेपाल भित्रिन्छन् । आधा जति सिमसारमा बस्ने चरा हुन्छन् ।

    कपिलवस्तुको जगदीशपुर तालमा नेपालमै बढी चरा पाइन्छन् । चराविद् टीका गिरी राम्रो वासस्थान भएकाले विभिन्न देशबाट चरा नेपालमा आउने बताउनुहुन्छ । उहाँका अनुसार चरा पर्यटनका लागि नेपाल उपयुक्त भए पनि सरकारको ध्यान यसतर्फ जान सकेको छैन ।

    नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । सबैभन्दा बढी प्रजाति चितवनमा भेटिन्छ । बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष रामबहादुर शाही बर्दियामा बसाइँ सरेर आउन थालेको बताउनुहुन्छ । कर्याङकुरुङ उडेको देखियो तर नेपाल नाघेर कतिपय चरा भारत पुगेको दाबी उहाँको छ । नेपाल सानो क्षेत्र भएकाले धेरैमाथिबाट उडान गर्ने चरा नेपाल नाघेरै अन्य देश पुग्ने चराविद् बताउँछन् ।

    ग्रीष्म आगन्तुक चरा घर छाड्दै

    यता ग्रीष्मका आगन्तुक चराले भने नेपालको घर छाड्न थालेको छ । कोइली, मुरली, जुरे कोइली, लालचुच्चे ठेउवाजस्ता चरा घर छाडेर दक्षिण लागेका छन् । यी दक्षिणबाट बच्चा कोरल्न आउँछन् ।

    दक्षिणी क्षेत्रमा भन्दा नेपालमा प्रतिस्पर्धा कम हुने र उनीहरुलाई आक्रमण गर्ने प्रजाति पनि कम हुने भएकाले बच्चा कोरल्न नेपाल छान्छन् । बच्चा हुर्काएपछि पुनः दक्षिण नै फर्कन्छन् । ती चरा भारत, श्रीलङ्कालगायत देशमा जान्छन् । अधिकांशले बच्चा हुुर्काइसकेका छन् । यस्ता चराको मुख्य वासस्थान भने दक्षिण क्षेत्र हो । केही सिमसारका चरा उडिसकेको र सुइरोठूँडे, गरुड, बकुल्लाले बच्चा हुर्काएर उडाइसके । अब केही चराको बच्चा उड्ने तयारीमा रहेको डा बराल बताउनुहुन्छ । (रासस)

    बिहिबार, असोज १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...