गुल्मी । गुल्मी जिल्लामा क्रिकेट प्रतियोगिता हुने भएको छ। खुकुरी युथ क्लब तम्घास गुल्मीको आयोजनामा पुस १६ गतेदेखि २० गतेसम्म प्रथम खुकुरी क्रिकेट कप २०८१ हुन लागेको हो।
क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर गुल्मी जिल्ला अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको क्लबका सचिव निशान टण्डनले बताए । क्लबको दोस्रो वार्षिकोत्सबको अवसरमा प्रथम खुकुरी क्रिकेट कप हुन लागेको हो। पाँच दिनसम्म चिदिचौर खेल मैदानमा चल्ने प्रतियोगितामा १२ वटा विद्यालयले सहभागीता जनाउने क्लबका सचिव टण्डनले बताए। प्रतियोगितामा प्रथम हुनेले २२हजार २२२ रुपैयाँ मेडल प्रमाणपत्र पाउने छन् ।
द्दितिय हुने प्रतियोगिले ११ हजार १११ रुपैयाँ पाउने सचिव टण्डनले बताए । खेल आइसिसि का नियम अनुसार हुने आयोजकले जनाएको छ ।
Advertisement