• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

इस्माले क्रिकेट खेल मैदान सहितको ‘पार्क’ निर्माण गर्दै


  •   बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण गर्न लागेको छ । पालिका भित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले छल्दी खोलामा पार्क निर्माण गर्न लागेको हो ।
       जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–१ र वडानम्बर – २ को संगम स्थल छल्दी खोलामा क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण हुन लागेको छ । इस्मा गाउँपालिकाले खेल क्षेत्रको विकास गर्नसँगै पर्यटकीय गनतव्य बनाउनको लागि पार्क निर्माण गर्न लागेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।
        छल्दी खोलाको किनारमा निर्माण हुन लागेको खेल मैदान सहितको पार्क जिल्लाकै प्रमुख पर्यटकीय गनतव्य बनाउने लक्ष्य पालिकाले लिएको छ । छल्दी खोलामा क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण हुन थालेसँगै स्थानीय नागरिकले यसले जिविको पार्जनका लागि मद्दत गर्ने स्थानीय मानसिंह चुदराले बताउनुभयो ।
        उहाले गाउँ टोलमै यति ठूलो खेल मैदान र पार्क निर्माण हुनु सुखद पक्ष रहेको बताउनुभयो । पार्क तथा खेल मैदान ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । छल्दी खोला किनारमा रहेको सार्वजनिक जग्गालाई खेल मैदान र पार्क निर्माण कार्य अगाडी बढाइएको हो ।
        पार्क निर्माण कार्यले सानो व्यवसाय गरेर पनि जिविको पार्जन गर्न सकिने स्थानीय हिराबहादुर अधिकारीले बताउनुभयो । ठूला ठूला खेल आयोजना हुँदा स्थानीयलाई धेरै राम्रो फाइदा हुने अपेक्षा उहाले गर्नुभयो ।
        अहिले पार्कको ग्राउण्ड मिलाउने, वालि निर्माण, घेरा बार निर्माणको काम सम्पन्न भएका छन् । पार्कमा  खेल मैदान तयार गर्न दुबो रोप्न थालिएको छ ।
        खेल मैदान सहितको पर्यटकीय पार्कले इस्मा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आनन्द लिने स्थलका रुपमा विकास हुने गाउँपालिकाका अध्यक्ष खड्काले बताउनुभयो ।
      यसले इस्मा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बढने अपेक्षा पालिकाले लिएको बताउनुभयो । यो खेल मैदान र पार्क राजमार्गको छेउमा रहेकाले चहलपहल धेरै बढने खड्काले बताउनुभयो ।
        पार्क भित्र पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पोर्ट, सुइमिङ्ग, बिचबिचमा पैदलमा मार्ग शौचालय, टिकट काउन्टर, पार्किङ्ग, निर्माण गरिने भएको छ । क्रिकेट खेल मैदान सहितको पार्कले जिल्लाका विभिन्न ६ वटा स्थानीय तहको प्रमुख गनतव्यका रुपमा विकास गर्ने लक्ष्य इस्मा गाउँपालिकाले लिइएको छ ।
         पार्क निर्माणका लागि गाउँपालिकाले पहिलो चरणमा १ करोड २५ लाखको लागतमा विभिन्न संरचना निर्माणको लागि काम गर्दै आइरहेको छ । थप संरचना निर्माणको लागि पनि रकम बिनियोजन गरिने पालिकाले जनाएको छ ।

    Advertisement

    बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation