• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीमा किटजन्य रोग नियन्त्रण र सरसफाइ कार्यक्रम सम्पन्न

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादर जाहेरी फिर्ता

काठमाडौँमा २४ सै घण्टा स्वच्छ पानी आपूर्ति हुन्छ: मन्त्री यादव

इस्माले मायाको चिनोमा स्थानीय सिरेमिक्स सामग्री अनिवार्य गर्ने

प्युठानमा ६ महिनादेखि बेपत्ता प्रेम रुचाल मृत फेला

कोहलपुरमा समालोचना प्रशिक्षण र क्याफे कविता सम्पन्न

गुल्मीमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

लोकप्रिय समाचार

  • १. मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा भुक्तानी

  • २. प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

  • ३. सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

  • ४. प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

  • ५. प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

  • ६. मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

  • ७. दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

  • ८. सरुमारानीमा निशुल्क दन्त शिविर : २४० जनाको परीक्षण

  • ९. कृषकको पहुँच बैंकसम्म पुर्‍याउन अभियान चलाइने

  • १०. प्युठान प्रहरीलाई सेवा सुविधा र साइबर सुरक्षा तालिम

तोकेभन्दा एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना


  •   सोमबार, असोज १५, २०७५ मा प्रकाशित
  • काठमाडौँ, असोज १५ । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ ।

    Advertisement

    सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म रु २६ र १९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको छ ।

    विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारवाही गरिने उहाँले बताउनुभयोे ।

    “अनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र उपभोक्तावादी सङ्घ संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ, अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानून बमोजिम कारवाही हुनेछ”–प्रवक्ता उपाध्यायले भन्नुभयो ।

    तोकेभन्दा रु एक मात्र बढी भाडा लिए पनि रु पाँच हजार कारवाही गरिने विभागले जनाएको छ । सार्वजनिक यातायातको सुधारमा लाग्नुभएका रामबहादुर थापा विभागले बढी भाडा लिनेका विरुद्ध निस्सासहित उजुरी गर्ने व्यवस्था गरेको तर टिकट नदिने भएकाले कारवाहीको कुरा हात्तीको देखाउने दाँतमात्र हो भन्नुहुन्छ ।

    “विभागका कर्मचारी यातायात व्यवसायीको प्रभावमा परी भाडा बढाउन मात्र लाग्छन्, सवारी तथा यातायात व्यवस्था ऐन एवं नियमावलीमा भएको प्रावधान अनुसार टिकट दिनुपर्ने कानूनी व्यवस्थालाई कार्यान्वयन गराउन ध्यान दिँदैनन्, विभाग यात्रु भन्दा व्यवसायीका पक्षमा काम गर्छन्, परिचालकलाई अनुमति पत्र एवं परिचय पत्र दिनेतर्फ पनि विभागको ध्यान जान सकेको छैन”–उहाँले भन्नुभयो ।

    विभागका प्रवक्ता उपाध्याय भने परिचालकले टिकट नदिए पनि सवारी नं सहित विभागको फ्याक्स नं सहित ४४७४९२२, फोन नं ४४७९६९० र ष्लाय२मयतm।नयख।लउ उजुरी गर्न सकिने बताउनुहुन्छ । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नं ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ ।
    कार्यालयकै फ्याक्सन नं. ११०० इमेल ठेगाना ज्ञज्ञज्ञज्ञ२यऊअm।नयख।लउ मा सवारी नं. सहितको विवरणको उजुरी गर्न सकिनेछ । यसैगरी ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ ।

    प्रहरीको टोल फ्रि नं १०१ र १०३ मा पनि बढी भाडा लिएको, दशैँमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको आदि गुनासाको उजुरी मौखिक वा लिखित रुपमा गर्न सकिने जनाइएको छ । यसैगरी नजिकको यातायात व्यवस्था कार्यालयमा यससम्बन्धी उजुरी गर्न सकिन्छ ।

    नेपाल मेडिकल कलेजबाट गौशाला हुँदै पुरानो बसपार्कतर्फ आइरहेको बा १ ज ५७६२ नं. को माइक्रो बसले यात्रु गिरेन्द्रप्रसाद शर्मासँग सोमबार बिहान बढी भाडा लियो । विभागको वेभसाइटमा उल्लेख गरिएको सूचनाआनुसार शर्माले ट्राफिक प्रहरीको १०३ नं. मा फोन गर्नुभयो । फोन उठाउनुभएका विशाल खत्रीले रुखो स्वरमा कुरा गरी उजुरी दिन हतोत्साहित बनाएको उहाँले गुनासो गर्नुभयो ।

    “विभागको वेभसाइटमा राखिएको सूचना अनुसार चार किमिसम्मको भाडा रु १४ हो, गौशालाबाट म चढेँ, कमलपोखरी आइपुगेपछि परिचालकले भाडा मागे, मैलै रु १४ दिएँ, भाडा रु १८ हो भन्दै दुव्र्यवहार गरे”–उहाँले भन्नुभयो । सार्वजनिक यातायातमा हुने ठगीको यो त प्रतिनिधि घटना मात्र हो । यस्ता घटना दैनिक हजारौँ हुन्छन् । भाडा बढाउन अग्रसर हुने विभागले सवारी तथा यातायात व्यवस्था ऐन एवं नियमावलीमा गरिएको व्यवस्था बमोजिम टिकट दिनुपर्ने प्रावधानलाई भने कार्यान्वयन नगराएको यात्रुको गुनासो छ ।

    गुनासो सम्बोधन गर्न विभागले सरोकार भएका निकायको संलग्नतामा १२ वटा अनुगमन समूह र उपत्यकाका विभिन्न स्थानमा १३ वटा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यसका लागि उपत्काका छ वटै यातायात व्यवस्था कार्यालयका अधिकारीलाई खटाइएको जनाइएको छ ।
    विद्यार्थी, वृद्धवृद्धा, अपाङ्ग लगायतको सहुलियत परिचालकले नदिए पनि उजुरी गर्न सार्वजनिक रुपमा आह्वान गरिएको छ । विभागले यसपछिको भाडा समायोजन भने इन्धनको मूल्यमा रु पाँचले घटबढ भएपछि गर्ने जनाएको छ । यस अघि सरकारले २०७२ माघ २४ गते लागू गरेको भाडादर पनि लागू भएको थिएन । रासस

    सोमबार, असोज १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादर जाहेरी फिर्ता
    इस्माले मायाको चिनोमा स्थानीय सिरेमिक्स सामग्री अनिवार्य गर्ने
    प्युठानमा ६ महिनादेखि बेपत्ता प्रेम रुचाल मृत फेला
    प्रदेशसभा खारेजको मागमा धुलिखेल नगरसभाको सर्वसम्मति
    चन्द्रौटामा सडक दुर्घटना रोक्न डिभाइडरमा रेडियम स्टीकर
    एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

    लोकप्रिय

    • १.
      मातृभूमिद्वारा भिङ्रीखोलामा निःशुल्क पशु सेवा, बेलडाँडामा बिमा

    • २.
      प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान :

    • ३.
      सरुमारानीमा १८ किसानलाई हाते ट्याक्टर

    • ४.
      प्युठानमा काँक्राको बीउ र अचार तालिम सम्पन्न

    • ५.
      प्युठानमा शिक्षक सरुवाप्रति पेशागत संगठनको आपत्ति

    • ६.
      मल्लरानीमा शिक्षक संघको १३ बुँदे ध्यानाकर्षण पत्र

    भर्खरै

    • १.
      नौबहिनीमा किटजन्य रोग नियन्त्रण र सरसफाइ कार्यक्रम सम्पन्न

    • २.
      सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादर जाहेरी फिर्ता

    • ३.
      काठमाडौँमा २४ सै घण्टा स्वच्छ पानी आपूर्ति हुन्छ: मन्त्री यादव

    • ४.
      इस्माले मायाको चिनोमा स्थानीय सिरेमिक्स सामग्री अनिवार्य गर्ने

    • ५.
      प्युठानमा ६ महिनादेखि बेपत्ता प्रेम रुचाल मृत फेला

    • ६.
      कोहलपुरमा समालोचना प्रशिक्षण र क्याफे कविता सम्पन्न

    • ७.
      गुल्मीमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

    • ८.
      राप्ती गाउँसभामा सभामुख घर्तीको सम्बोधन, पारदर्शिता र जनउत्तरदायित्वमा जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation