• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

  • १०. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण


  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं। स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो ।
    संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
    कृतिको समीक्षात्मक टिप्पणी गर्दै डा.निरौलाले स्रष्टा दाहालको मूल विधा काव्य भए पनि उहाँले अन्य क्षेत्रमा त्यतिकै सशक्त रूपमा कलम चालाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्रष्टा दाहालको मूल विधा काव्य हो तर उहाँले अन्य विधामा पनि कलम चलाउँदै आउनुभएको छ । त्यसैको पछिल्लो रूप सिर्जनामा दृष्टि हो’, उहाँले भन्नुभयो, ‘यस कृतिले स्रष्टा दाहालको साहित्य क्षेत्रमा नयाँ परिचय स्थापित भएको छ ।’ उहाँले कृतिमा फरक विधाका १६ पुस्तकको भूमिका यसमा समावेश भएको बताउनुभयो ।
    स्रष्टा दहालले कृति कसरी प्रकाशन भयो भन्ने बारेमा आफ्नो भनाइ राख्दै यसको प्रकाशनका लागि जनपक्ष प्रकाशन सिक्किम र यससँग जोडिएका सबैमा धन्यवाद दिनुभएको थियो । उहाँले आफ्नो मूल विधा काव्य नै रहेको स्वीकार गर्दै नयाँ उपन्यासको तयारीमा आफू रहेको जानकारी दिनुभयो । उहाँले साहित्य लेखनमा शब्दको शिल्पीले पूर्णता दिने बताउनुभयो । उहाँले आफ्नो सानैदेखि साहित्यमा लगाव भएको बताउँदै धरान नगरपालिकामा-२०२४ मा भएको कविता प्रतियोगितमा दोस्रो प्राप्त गरेको सम्झना गर्नुभयो ।
    यस्तै, समालोचक प्राडा.कृष्णप्रसाद दाहालले स्रष्टा दाहालको ‘स्वेतपत्र’ महाकाव्यले एउटा उचाइ प्राप्त गरेको बताउँदै पाठकले उहाँसँग त्यस्तै अन्य कृतिको अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्रष्टा दाहालले नियात्रा, उपन्यास र कवितामा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । उहाँ सबै कृति सशक्त छन् । अझ मलाई मन परेको कृति ‘स्वेतपत्र’ महाकाव्य हो । यसको उचाइमा अन्य कृतिको पनि पाठकले अपेक्षा गरेका छन् ।’ उहाँले ‘सिर्जनामा दृष्टि’मा स्रष्टा दाहालले भूमिका लेखनमा कृतिलाई न्याय गरेको आफूले पाएको बताउनुभयो ।
    समारोहमा वरिष्ठ समालोचक प्रमोद प्रधानले स्रष्टा दाहालको व्यक्तित्व र कृतित्वका बारेमा आफू परिचित रहेको बताउँदै उहाँको नियात्रा ‘यात्राको सिकर्नीमा’मा आफूले समीक्षा लेखेको सम्झना गर्दै उहाँ सधैं सक्रिय तर चर्चामा आउन नचाहने साहित्यकार रहेको आफूले पाएको बताउनुभयो । प्रधानले भन्नुभयो ‘म स्रष्टा दाहालको व्यक्तित्व र कृतित्वबाट परिचित छु । उहाँ निरन्तर साधानमा रहने साहित्यकार हुनुहुन्छ । उहाँको यसअघिको कृति ‘अहोरात्र’, ‘यात्राको सिकर्नी’देखि ‘स्वेतपत्र’,सम्म सबै कृतिसँग परिचित छु । उहाँको साहित्यमा जीवन र दर्शनका साथै हाम्रो परिवेश पाइन्छ । उहाँ सक्रिय रूपमा साहित्य साधानमा तल्लिन हुनुहुन्छ र चर्चाबाट टाढा रहन मन पराउनुहुन्छ ।’

    Advertisement

    वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहालले स्रष्टा दाहालसँग आफू सानोछदादेखि नै परिचित भएको बताउनुभयो । प्रकाशक संस्था जनपक्ष प्रकाशनका प्रमुख पुण्यप्रसाद शर्मासँग आफ्नो वनारस भेटको सम्झना गर्दै प्रा.दाहालले नेपाली साहित्यको श्रीवृद्धिमा सिक्किम, दार्जिलिङको ठूलो योगदान रहँदै आएको बताउनुभयो । उहाँले लोकापर्ण भएको कृति ‘सिर्जनामा दृष्टि’मा रहेका भूमिकामध्ये केही आफूले अध्ययन गरेको बताउँदै स्रष्टा दाहालको लेखनमा वेजोडको कलात्मकता रहेको आफूले पाएको जिकिर गर्नुभयो ।
    विशिष्ठ कलाकार मदनदाश श्रेष्ठले भाषा, साहित्य कला र संस्कृतिले हामीलाई जीवन्त बनाइ राख्ने बताउँदै यसको संरक्षण, सम्बद्र्धनमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निभाउनुपर्ने धारणा राख्नुभयो । स्रष्टा दाहाललाई बधाई तथा शुभकामना दिँदै उहाँले दाहालको सक्रियताको प्रशंसा गर्नुभयो ।
    प्रमुख अतिथि वरिष्ठ इतिहासविद् केसीले समसामयिक देशको परिस्थितिको चर्चा गर्दै देशमा देखिएका तमाम विकृतिलाई पनि सर्जकहरूले उजागर गर्नुपर्ने धारणा राख्नुभयो । विभिन्न समयमा तमाम घटनाक्रमको उदाहरण दिँदै सर्जकहरूले त्यसको खबरदारी गर्नुपर्ने बताउँदै उहाँ भन्नुहुन्छ, ‘देशको राजनीतिक परिस्थिति राम्रो हुँदामात्र सबैतिर राम्रो हुन्छ, कठिन परिस्थितिमा पनि सर्जकहरू निरन्तर आफ्ना सधानामा तल्लिन रहेका छन् तर राज्यनिरीह छ । हामी सबैले आ–आफ्नो कत्वर्य पूरा गर्नुपर्छ । देशको मुख्य समस्या भनेको राइट म्यान राइट प्यालेस नहुनु हो ।’
    समारोहका सभापति साहित्यकार लेकालीले सर्जक दाहाललाई बधाई तथा धन्यवाद दिँदै स्रष्टा सर्जकले आफ्नोे सिर्जनमा मौलिकतालाई प्राथकितमा राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समयमा भएका साहित्यिक गतिविधि, सम्मान र पुरस्कारको चर्चा गर्दै साहित्यिक पत्रकार संघले त्यसको समन्वय गर्दै अघि बढिरहेको जानकारी गराउनुभयो । राज्यले साहित्यकार, सर्जक, साहित्यिक पत्रकारका साथै सिर्जनमा आफ्नो जीवन व्यतीत गर्नेहरूलाई उचित सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । सो समारोहमा सर्जक दाहललाई सम्मान गरिएको थियो । उहाँलाई प्रमुख अतिथि र अन्य अतिथिहरूले खादा, माला, दोसल्ला ओडाएर र टोपी पहिराएर सम्मान गरिएको थियो ।३५६ पेजको ‘सिर्जनमा दृष्टि’मा पुण्यप्रसाद शर्मा (सिक्किम)को ‘विश्वका सर्वश्रेष्ठ कविताहरू’, लेखनाथ पोखरेलका ‘फकलीको गाउँ’, मार्वल हाउसकी शालिनी र चिबे नकटो’, विमला ढुंगना÷निरौला (अमेरिका)को ‘यात्रामा देश’, वसन्त श्रेष्ठ (अमेरिका)को ‘अंगालो भरिको अनुभूति’, डा.डीआर उपाध्यायको ‘कसुर’, मिलन शाह शंकरको ‘कर्ना’, जनक रावलको ‘खाटा बसेको घाउ’, मायादेवी गुरुङ (बेलायत)को ‘ऐना’, अनुशाह (अमेरिकाको) ‘अनुराग’, गोपाल भण्डारी (अमेरिका)को ‘गोपाल भण्डारीका छन्द कविताहरू’, गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’, लक्ष्मी श्रेष्ठ ‘सगरमाथाको आर्तनाद’, ईश्वरीप्रसाद भुसालको ‘अर्पण’ र राजु सिटौला (अमेरिका)को ‘जीवन मृत्यु’जस्ता १६ कृतिका भूमिका समावेश छन् । कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको छ ।विसं स्रष्टा दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कवितासंग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ जस्ता कृति प्रकाशित छन् । उहाँको मिलाप, जनमत, बगरजस्ता पत्रिकामा कभर स्टोरी प्रकाशित हुनुका साथै ‘नव छायाँवादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’, ‘समालोचना वृतमा खेमनाथ दाहाल’ जस्ता कृति प्रकाशित छन् ।

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation