• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लोकप्रिय समाचार

  • १. असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

  • २. राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

  • ३. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

नेवार समुदायमा जात्राको रौनक


  •   आइतबार, साउन २६, २०८२ मा प्रकाशित
  • प्युठान, साउन २५ — प्युठानका नेवार समुदायले सदियौँदेखि निरन्तरता दिँदै आएको जात्राको रौनक अझै पनि जीवित छ । जिल्लाको खलङ्गा, बिजुवार, कुटिचौर र भिंग्रीमा लाखे नाच, ताराली जात्रा, रोपाईँ नाच र गाइजात्रा जस्ता परम्परागत नाच–जात्रा हरेक वर्ष धूमधामका साथ मनाइन्छ ।
    नेवार अगुवा अर्जुनकुमार कक्षपतीका अनुसार लाखेनाच घण्टाकर्ण पर्वदेखि सुरु भई तीजअघि नागपञ्चमीमा समापन हुन्छ । नागपञ्चमीपछि नागनगेनि जात्रा सुरु हुन्छ । कथानुसार, राजाका सिपाहीले घण्टाकर्ण नामक राक्षसलाई मार्दा बियोगमा परेकी लाखे नाचेर मृतकको सम्झना गरेकी थिइन् । त्यसैले नेवारहरूले बर्सेनि लाखेनाच प्रदर्शन गर्दै आएका छन् ।
    जनैपूर्णिमाको दिन निकालिने ताराली जात्रामा बाँसको डोकोलाई मान्छेको आकार दिई भित्र मानिस राखिन्छ र बाजागाजासहित नगरपरिक्रमा गरिन्छ । मृतकले गाईको पुच्छर समाएर वैतरणी पार गर्ने धार्मिक विश्वास यस जात्रासँग जोडिएको छ । तारालीमा दिवङ्गतको लिंगअनुसार कपडा लगाइ पूजा पछि मात्र बिसर्जन गरिन्छ ।
    रोपाईँ नाचमा युवा–वयस्कहरूले महिलाको भेषमा धानको बीउ बोकेर असारे गीत गाउँदै बजार परिक्रमा गर्छन् । यस नाचले सामाजिक व्यङ्ग्य र सन्देश दिन्छ ।
    खलङ्गाका नेवारहरूले श्रीकृष्ण जन्माष्टमीलाई पनि पर्वकै रूपमा मनाउने चलन छ । यद्यपि, संरक्षण अभावका कारण कतिपय नाचहरू हराउँदै गए पनि समुदायले संस्कृतिको जगेर्नामा सक्रिय भूमिका खेलेको छ ।
    प्युठानका नेवार बस्तीमा देखाइने यी परम्परागत नाच–जात्राले सांस्कृतिक पहिचानलाई मजबुत पार्दै दर्शकलाई आकर्षित गर्दै आएको छ ।

    Advertisement

    आइतबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या
    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी,

    • २.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

    • २.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ६.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ७.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ८.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation