• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी

  • ९. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • १०. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

गुल्मीका अग्नी पीडितलाई यूके समाजबाट  ६ लाख नगद सहयोग


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा र गुल्मीदरबारका अग्नी पीडितहरुका लागि गुल्मी जिल्ला समाज यूकेले ६ लाख रकम सहयोग गरेको छ। गएको वैशाख ८ गते आगलागीबाट इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा ३० वटा घरगोठ र गुल्मी दरबार गाउँपालिकामा पनि ६ वटा घर जलेर नष्ट हुनुका साथै करोडौंको क्षति भएको थियो ।
    समाजले जिल्लावासीको सहयोगका लागि बेलायतमा संकलन गरेको रकम एक कार्यक्रमबीच पीडितकै गाउँ पुगेर हस्तान्तरण गरिएको हो । इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यको रोहबरमा गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि रणबहादुर खातीले स्थानीय सहयोग समितिलाई सहयोग चेक हस्तान्तरण गर्नुभयो ।
    सहयोग रकममध्ये ४ लाख इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा र २ लाख रुपैयाँ गुल्मीदरबारका अग्नी पीडितलाई रहेको छ । सहयोग रकम हस्तातरण गर्दै गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि रणबहादुर खातीले अग्नी पीडितहरुलाई सानो सहयोगले मलम लगाउने कार्य गरेको बताउनुभयो ।
    उहाँले गुल्मी जिल्ला बासीको सुखःदुखमा साथ दिन र विभिन्न दैविकप्रपोकहरुका सहयोग गर्ने उदेश्लय संस्था स्थापना गरेको बताउनुभयो ।  संस्था स्थापना भएदेखि हालसम्म जिल्लामा करौडौं रकम सहयोग गरेको खातीको भनाइ छ ।
    आगलागी पीडितका लागि देश तथा विदेशबाट विभिन्न सहयोगहरु आइरहेका भएपनि गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोग संस्थागत रुपमा ठूलो राशीको सहयोग रहेको छ । सहयोग संकलनको लागि  इस्मा २ घर भइ हाल लण्डनमा बस्दै आएका भीम खनाल, फत्त थापा र खडग रेश्मीको अगुवाइमा विभिन्न व्यक्तिले सहयोग गर्नु भएको थियो । सहयोग रकममध्ये ४ लाख यूके समाजले संकलन गरेको र २ लाख एन आर एन ए लण्डन शाखाले संकलन गरेको खातीले बताउनुभयो।
    सहयोग रकम बुझदै वडाअध्यक्ष आचार्यले पीडितहरुको पीडामा मलम लगाउने कार्य गरेकोमा धन्यवाद दिनुभयो । उहाले यो रकम पीडितहरुकै लागि पारदर्शी रूपमा वितरण हुने बताउनुभयो । अग्नी प्रभावित क्षेत्रमा विद्युत, खानेपानी र घर जलेर थुप्रिएका भग्नावश्यक संरचना हटाउने काम सम्पन्न भएको छ । अग्नी पीडितलाई तत्काल आवश्यक पर्ने सामाग्रीसँग प्रति घर डेढ कुन्टल खाद्यान्न पनि वितरण भएको वडाअध्यक्ष आचार्यको भनाइ छ ।
    अब अग्नी पीडितलाई जिन्सी सामानमा टिन र नगद पैसाको आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।  राहत रकम वितरणमा समान रुपले गर्दै आएको आचार्यले बताए । अग्नी पीडितलाई आवाज निर्माणकार्य सुरु भएको छ । आगोलागीबाट सबैभन्दा धेरै क्षति इस्मामा भएको थियो । त्यससँगै मदाने, मुसिकोट, छत्रकोट, रूरू, गुल्मीदरबारमा धेरै क्षति भएको छ । अन्य स्थानीय तहमा पनि केही मात्रामा घर गोठ जलेर नष्ट भएका थिए । सिदुङ्खाका अग्नी पीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता गरेर काम अगाडि बढेको वडाअध्यक्ष आचार्यले बताउनुभयो  । वर्षात अगाडि नै आवासमा सार्ने गरि काम अगाडि बढेपनि काम गर्ने ज्यामीको अभाव रहेको आचार्यको भनाइ छ ।  सिदुङ्खामा अहिले  १५ घर निर्माणका लागि काक अगाडि बढेको छ ।  जिल्लामा गएको वैशाख महिनामा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए । १०० बढी पशुचौपाय जलेरका छन् । जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो । अहिले पानी पर्ने क्रम बढदै गएकाले आगोलागीका घटना बिस्तारै रोकिन थालेका छन् ।

    Advertisement

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • २.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ७.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ८.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation