• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

गुल्मीका अग्नी पीडितलाई यूके समाजबाट  ६ लाख नगद सहयोग


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा र गुल्मीदरबारका अग्नी पीडितहरुका लागि गुल्मी जिल्ला समाज यूकेले ६ लाख रकम सहयोग गरेको छ। गएको वैशाख ८ गते आगलागीबाट इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा ३० वटा घरगोठ र गुल्मी दरबार गाउँपालिकामा पनि ६ वटा घर जलेर नष्ट हुनुका साथै करोडौंको क्षति भएको थियो ।
    समाजले जिल्लावासीको सहयोगका लागि बेलायतमा संकलन गरेको रकम एक कार्यक्रमबीच पीडितकै गाउँ पुगेर हस्तान्तरण गरिएको हो । इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यको रोहबरमा गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि रणबहादुर खातीले स्थानीय सहयोग समितिलाई सहयोग चेक हस्तान्तरण गर्नुभयो ।
    सहयोग रकममध्ये ४ लाख इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा र २ लाख रुपैयाँ गुल्मीदरबारका अग्नी पीडितलाई रहेको छ । सहयोग रकम हस्तातरण गर्दै गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधि रणबहादुर खातीले अग्नी पीडितहरुलाई सानो सहयोगले मलम लगाउने कार्य गरेको बताउनुभयो ।
    उहाँले गुल्मी जिल्ला बासीको सुखःदुखमा साथ दिन र विभिन्न दैविकप्रपोकहरुका सहयोग गर्ने उदेश्लय संस्था स्थापना गरेको बताउनुभयो ।  संस्था स्थापना भएदेखि हालसम्म जिल्लामा करौडौं रकम सहयोग गरेको खातीको भनाइ छ ।
    आगलागी पीडितका लागि देश तथा विदेशबाट विभिन्न सहयोगहरु आइरहेका भएपनि गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोग संस्थागत रुपमा ठूलो राशीको सहयोग रहेको छ । सहयोग संकलनको लागि  इस्मा २ घर भइ हाल लण्डनमा बस्दै आएका भीम खनाल, फत्त थापा र खडग रेश्मीको अगुवाइमा विभिन्न व्यक्तिले सहयोग गर्नु भएको थियो । सहयोग रकममध्ये ४ लाख यूके समाजले संकलन गरेको र २ लाख एन आर एन ए लण्डन शाखाले संकलन गरेको खातीले बताउनुभयो।
    सहयोग रकम बुझदै वडाअध्यक्ष आचार्यले पीडितहरुको पीडामा मलम लगाउने कार्य गरेकोमा धन्यवाद दिनुभयो । उहाले यो रकम पीडितहरुकै लागि पारदर्शी रूपमा वितरण हुने बताउनुभयो । अग्नी प्रभावित क्षेत्रमा विद्युत, खानेपानी र घर जलेर थुप्रिएका भग्नावश्यक संरचना हटाउने काम सम्पन्न भएको छ । अग्नी पीडितलाई तत्काल आवश्यक पर्ने सामाग्रीसँग प्रति घर डेढ कुन्टल खाद्यान्न पनि वितरण भएको वडाअध्यक्ष आचार्यको भनाइ छ ।
    अब अग्नी पीडितलाई जिन्सी सामानमा टिन र नगद पैसाको आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।  राहत रकम वितरणमा समान रुपले गर्दै आएको आचार्यले बताए । अग्नी पीडितलाई आवाज निर्माणकार्य सुरु भएको छ । आगोलागीबाट सबैभन्दा धेरै क्षति इस्मामा भएको थियो । त्यससँगै मदाने, मुसिकोट, छत्रकोट, रूरू, गुल्मीदरबारमा धेरै क्षति भएको छ । अन्य स्थानीय तहमा पनि केही मात्रामा घर गोठ जलेर नष्ट भएका थिए । सिदुङ्खाका अग्नी पीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता गरेर काम अगाडि बढेको वडाअध्यक्ष आचार्यले बताउनुभयो  । वर्षात अगाडि नै आवासमा सार्ने गरि काम अगाडि बढेपनि काम गर्ने ज्यामीको अभाव रहेको आचार्यको भनाइ छ ।  सिदुङ्खामा अहिले  १५ घर निर्माणका लागि काक अगाडि बढेको छ ।  जिल्लामा गएको वैशाख महिनामा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए । १०० बढी पशुचौपाय जलेरका छन् । जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो । अहिले पानी पर्ने क्रम बढदै गएकाले आगोलागीका घटना बिस्तारै रोकिन थालेका छन् ।

    Advertisement

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation