• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया


  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
  • काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF) सँगको सहकार्यमा शुक्रबार गोकर्ण हाउस झम्सिखेलमा कार्यक्रम भएको हो ।
    संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष सागर श्रेष्ठले चिनियाँ फोटोग्राफरहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रमको अवसरमा उनले सु छुइ लगायत फोटोग्राफरसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव समेत गरेका छन् । ‘आगामी दिनमा एनएफपिजे नेपाललाई पनि चीनको कला, संस्कृति र सभ्यता नजिकबाट बुझ्ने मौका दिनु हुन्छ भन्ने विश्वास लिएका छौं ,’ श्रेष्ठले भने ।
    त्यस्तै चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइले आफु पहिलो पटक २००८ मा नेपाल घुम्न आएको र अहिलेसम्म ३० पटक भन्दा धेरै नेपाल घुमिसकेको अनुभव सुनाए ।उनले भने – ‘मलाई संसार भर घुमौं फोटो खिचौं भन्ने लागेको थियो जब म नेपाल आएँ, नेपाल नै विश्व लाग्यो र अझै ४०-५० पटक नेपाल आईरहन मन लागेको छ। नेपाल खासै ठूलो छैन तर यहाँको कला संस्कृतिमा धेरै भिन्नता छ र नेपालीको बानी व्यावहारले हामीलाई तान्छ। मेरो बाँकी जीवन चाहीं नेपालको धार्मिक र पर्यटकीय क्षेत्रको भित्रि रुपमा फोटो खिच्न पाउँ भन्ने इच्छा छ।’ नेपालको सुन्दरता चीनसँगै विश्वमा चिनाउने आफ्नो ठूलो रहर रहेकोसमेत उनले बताए ।
    कार्यक्रममा एनएफपीजे नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले अन्तरक्रिया कार्यक्रम एकदमै फलदायी रहेको बताए । यस्ता भेटघाट कार्यक्रमले नेपाल र चीनका फोटोग्राफरबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याउने भन्दै आगामी दिनमा दुइ देशबीच हुने सहकार्यले सम्बन्ध अझ मजबुत बनाउने अवसर मिल्ने उनले विश्वास व्यक्त गरे।
    उनले भने- ‘फोटोग्राफर सु छुइले खिचेका नेपालका उत्कृष्ट १०० तस्वीरहरू र नेपालका फोटो पत्रकारले खिचेका उत्कृष्ट तस्वीरहरू चाइनाको कुनै सहरमा प्रदर्शनीमा राख्न सके नेपालमा पर्यटन प्रवर्द्धनका लागि थप टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु। त्यसका लागि राष्ट्रिय फोटो पत्रकार समूहले के कस्तो सहयोग गर्न सक्छ हामी तयार रहेको जानकारी गराउँन चाहन्छौं, आगामी दिनमा हामीले पनि चीनको कला, संस्कृति र सभ्यतालाई नजिकबाट नियाल्ने अवसर दिनु हुन्छ भन्ने पनि विश्वास लिएको छु।’
    कार्यक्रममा नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF)का अध्यक्ष डा. कल्याण शर्माले भाषा सहजीकरण गरेका थिए । कार्यक्रममा चीनबाट आएका फोटोग्राफरलाई खादा र नेपाली टोपीले सम्मान गरिएको थियो भने दुई देशको तर्फबाट एक अर्कालाई मायाको चिनो स्वरुप पुस्तक आदानप्रदान गरिएको थियो ।
    कार्यक्रम सफल बनाउन केन्द्रीय सदस्य एवंम अन्तराष्ट्रिय मामिला प्रमुख सुनिल शर्मा, नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF)का अध्यक्ष डा. कल्याण शर्मा, गोकर्ण हाउस झम्सिखेल, संस्थाका सदस्य रमेश शाक्य, अर्चना श्रेष्ठ लगायतको महत्वपूर्ण सहयोग रहेको थियो।
    कार्यक्रममा पूर्व अध्यक्ष राज भाइ सुवाल लगायत एनएफपिजे नेपालका सदस्यहरूको सहभागिता रहेको थियो।

    Advertisement

    शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...