• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

आगोलागी पीडितलाई संघाउन एमाले गुल्मीको निर्देशन


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • गुल्मी । नेकपा एमाले गुल्मीले आगोलागीका घटनाहरु बढ्दै गएकाले पार्टीसँग सम्बद्ध मातहत कमिटी, नेता, कार्यकर्ता, जनवर्गीय संगठनलाई सचेतना र सतर्कता सहित निरन्तर राहत र उद्दारको कार्यमा जुटन विशेष अनुरोध गरेको छ । बिहीबार पार्टी अध्यक्ष बालसिंह काउछाद्धारा जारी विज्ञप्ति आगलागी पीडितको आवस निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
    जिल्लामा आगलागीका कारण भएको क्षती र विस्थापित परिवारलाई थप राहत र अवासको निम्ती तत्काल व्यवस्था गर्न आग्रह गरेको छ । आगजनी नियन्त्रणका लागि स्थानीय जनसमुदाय, सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय सरकार, संघसँस्था लगायत सबै क्षेत्रबाट भइरहेको प्रयासप्रति सम्मान प्रकट गरेको छ ।
    पीडित परिवारहरुको राहत र उद्धारका निम्ति निरन्तर सहयोग गर्नु हुने सबै सहयोग दाताहरुमा जिल्ला पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ । जिल्लामा भइरहेको आगलागीका बिषयमा दुःख व्यक्त गर्दै घटनाबाट नेकपा एमाले अत्यन्तै दुःखित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    साथै आगलागी पीडित सबै जनसमूदायमा धैर्य रहन विशेष अनुरोध गरेको छ । जिल्लाका विभिन्न पालिकामा आगलागीका कारण ठुलो मात्रामा धनजनको क्षति भएको छ ।
    हालसम्म गुल्मीका विभिन्न पालिकामा सयौं घरगोठ आगलागीबाट पूर्णरुपमा क्षति भएका छन् । ठूलो संख्यामा पशुचौपाया, खाद्यान्न, लत्ताकपडा, जिन्सी समेत गरी करोडौंको क्षति भएको छ ।
    वन्यजन्तु, पशुपन्छी र बहुमूल्य जडिबुटी नष्ट भएका छन् । हालसम्म पनि आगजनीका घटनाहरु नियन्त्रणमा आउन नसकेको बताउँदै आगजनीमा सम्लग्नको खोजी गरी कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको थप ध्यानाकर्षण गराइएको छ ।
    जिल्लामा गर्मी र सुख्खा मौसम शुरु भएसँगै दैनिक जसो आगोलागीका घटनाहरू बढदै गएका छन् । जिल्लामा वैशाख महिना शुरु भएपछि आगोलागीका घटना दैनिक बृद्धि भएका छन् ।
    जिल्लामा ८० वटा सामुदायिक वनमा आगोलागी हुँदा करिब १५० घर गोठ जलेर नष्ट भएका छन् । सयौं नागरिक घरबार बिहिन भएका छन् ।
    आगोलागीका कारणले १०० बढी पशुचौपाया जलेर नष्ट भएका छन् । अहिले आगोलागी प्रभावित क्षेत्रमा राहत, उद्दारको काम स्थानीय सरकार र विभिन्न संघ संस्थाले गरेका छन् ।
    जिल्लामा पछिल्लो समयआगो लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेका छन् । जिल्लाका रेसुङ्गा, धुर्कोटबाट आगोलगाएको आरोपमा ३ जनालाइ पक्राउ गरेर प्रहरीले सार्वजनिक समेत गरेको छ ।
    उनिहरुलाइ वन ऐन अनुसारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । प्रहरीले आगो लगाएको आरोपमा अरू थप २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
    आगोलागीका घटना बढ्दै जानू र लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेसँगै प्रहरीले सक्रियता बढाएको छ ।

    Advertisement

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation