काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्त सचिव दिनेश भट्टराईलाई मन्त्रालयमा स्वागत गरिएको छ ।
सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सचिव भट्टराईको स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै नयाँ सचिव भट्टराईले कर्मचारीहरूलाई नयाँ उर्जा र याेजनाका साथ काम गर्न निर्देशन दिँदै टिम स्प्रिटमा विश्वास गर्ने समेत बताउनुभयो ।
त्यस अवसरमा यसअघिका सचिव सुमनराज अर्यालकाे विदाई समेत गरिएको थियो ।
Advertisement