• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • १०. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

पर्यटकलाई स्वागत गर्न तम्तयार गौमुखीको गुँरासे जंगल


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • प्युठान।अग्लो धुरी । धुरीको फराकिलो आंगनमा फुलेका थरीथरीका फुलहरुले सजिएको घना जंगल । वन्यजन्तु र चराचुरुङ्गीको चिरबिर आवाज, ढोरपाटन सहित बाग्लुङ्का गाउँहरु अनि लहरै देखिने सेताम्मे हिमाली दृश्यहरु अदभुत लाग्छन्। भोटे कुकुर भुक्ने ठुल्ठुला भेडीगोठ र त्यसैमाथी हेरिरहु लाग्ने गुराँस र फुलहरुले ‘नाङ्गी’ लेकलाइ छपक्क छोपेको छ । साँच्चै, यहाँबाट कोठीभीरसम्म गुराँस फुलेर डाँडै रातै भएको छ ।
    ती रंगीन र स्वागतमा पर्खिए झै लाग्ने फूलहरूमाथि कसरी हिड्नु । खाली देख्न र स्पर्समात्र गर्न मन लाग्छ । गौमुखी गाउँपालिका निवासी सामाजिक अगुवा ज्ञामुराम न्यौपाने भन्नुहुन्छ,‘नाङ्गी क्षेत्र फुलैफुलको पहाड हो, सभावनाको चुचुरो हो ।’ गुराँसे फुलहरुको जंगल, वन्यजन्तु र हिमशृंखला अवलोकन गर्न सकिने यो क्षेत्रले जो कोहीलाई लोभ्याउने न्यौपानेले बताउनुभयो । उहाले भन्नुभयो, ‘त्यसैले पनि नाङ्गी क्षेत्र अति सुन्दर र मनमोहक छ, थुप्रै संभावना बोकेको यस ठाउँको प्रचार जरुरी छ ।’
    पर्यटकीयस्थल नाङ्गी क्षेत्रलाई प्राकृतिक सौन्दर्य र पर्यापर्यटनको केन्द्रबिन्दुका रूपमा चिनिन्छ । बाग्लुङको ढोरपाटन सिकार आरक्षसँग जोडिएको गौमुखी संरक्षित वन यसै क्षेत्रमा पर्छ।
    २६ हजार २०४ हेक्टर क्षेत्रफलमा यो बन क्षेत्र फैलिएको छ ।
    आर्थिक विकासका लागि महत्वपुर्ण जडिबुटी, लघुवन पैदावार यस संरक्षित वन क्षेत्रमा प्रशस्त पाईन्छन । यो भेगमा ७ प्रजातीका लालिगुरास पाईने स्थानीय बताउछन् ।
    यहाँ फागुनको अन्तिमदेखि बैशाख सम्म गुरास फुल्छ । यहाँ कस्तुरी, मृग, चरीवाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज झारल, नाउरजस्ता वन्यजन्तु अवलोकन गर्न सकिन्छ । भेडीगोठ र गोठाला पनि यहाँका मुख्य आकर्षण हुन् ।
    प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइने भएकाले यसक्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेको स्थानीय मित्र थापाले बताउनुभयो ।
    उहाले भन्नुभयो,‘ढोरपाटन नजिक रहेकाले थुप्रै वन्यजन्तु नाङ्गी आउजाउ गर्छन् ।’
    करिब ११ किलोमिटर घना जंगल रजवारा,अर्खा हुँदै पैदलयात्रा गरेर नाङ्गी पुग्न सकिन्छ। समुद्री सतहबाट ३ हजार ३ सय मिटर उचाइमा रहेको नाङ्गीलाई छोटो पदयात्राको नयाँ गन्तव्यका रुपमा लिईन्छ ।
    गौमुखी गाउँपालिका अध्यक्ष विष्णु गिरीले नाङ्गी क्षेत्रको विकासका लागि पहल थालिएको बताउनुभयो । पहिलो चरणमा करिव ५० लाख रुपियाँ बजेटबाट यहाँ आवासिय भवन, शौचालय,आराम गर्ने कुर्सी र पदमार्ग निर्माण गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
    महाभारत पहाडी सृङ्खलामा रहेको प्युठानको कोठिभीर, नाङ्गी र पंचासे लेकले राप्ती नदिको समेत जलाधार क्षेत्र संरक्षणमा टेवा पुर्याईरहेको सम्बद्ध बिज्ञहरु बताउछन् । प्युठान लगायतका छिमेकी जिल्लाहरुमा मनसुनी वर्षा गराउन यो पहाडी शृङ्खलाको महत्वपुर्ण योगदान रहेको बताईन्छ ।

    Advertisement

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...