• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

पर्यटकलाई स्वागत गर्न तम्तयार गौमुखीको गुँरासे जंगल


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • प्युठान।अग्लो धुरी । धुरीको फराकिलो आंगनमा फुलेका थरीथरीका फुलहरुले सजिएको घना जंगल । वन्यजन्तु र चराचुरुङ्गीको चिरबिर आवाज, ढोरपाटन सहित बाग्लुङ्का गाउँहरु अनि लहरै देखिने सेताम्मे हिमाली दृश्यहरु अदभुत लाग्छन्। भोटे कुकुर भुक्ने ठुल्ठुला भेडीगोठ र त्यसैमाथी हेरिरहु लाग्ने गुराँस र फुलहरुले ‘नाङ्गी’ लेकलाइ छपक्क छोपेको छ । साँच्चै, यहाँबाट कोठीभीरसम्म गुराँस फुलेर डाँडै रातै भएको छ ।
    ती रंगीन र स्वागतमा पर्खिए झै लाग्ने फूलहरूमाथि कसरी हिड्नु । खाली देख्न र स्पर्समात्र गर्न मन लाग्छ । गौमुखी गाउँपालिका निवासी सामाजिक अगुवा ज्ञामुराम न्यौपाने भन्नुहुन्छ,‘नाङ्गी क्षेत्र फुलैफुलको पहाड हो, सभावनाको चुचुरो हो ।’ गुराँसे फुलहरुको जंगल, वन्यजन्तु र हिमशृंखला अवलोकन गर्न सकिने यो क्षेत्रले जो कोहीलाई लोभ्याउने न्यौपानेले बताउनुभयो । उहाले भन्नुभयो, ‘त्यसैले पनि नाङ्गी क्षेत्र अति सुन्दर र मनमोहक छ, थुप्रै संभावना बोकेको यस ठाउँको प्रचार जरुरी छ ।’
    पर्यटकीयस्थल नाङ्गी क्षेत्रलाई प्राकृतिक सौन्दर्य र पर्यापर्यटनको केन्द्रबिन्दुका रूपमा चिनिन्छ । बाग्लुङको ढोरपाटन सिकार आरक्षसँग जोडिएको गौमुखी संरक्षित वन यसै क्षेत्रमा पर्छ।
    २६ हजार २०४ हेक्टर क्षेत्रफलमा यो बन क्षेत्र फैलिएको छ ।
    आर्थिक विकासका लागि महत्वपुर्ण जडिबुटी, लघुवन पैदावार यस संरक्षित वन क्षेत्रमा प्रशस्त पाईन्छन । यो भेगमा ७ प्रजातीका लालिगुरास पाईने स्थानीय बताउछन् ।
    यहाँ फागुनको अन्तिमदेखि बैशाख सम्म गुरास फुल्छ । यहाँ कस्तुरी, मृग, चरीवाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज झारल, नाउरजस्ता वन्यजन्तु अवलोकन गर्न सकिन्छ । भेडीगोठ र गोठाला पनि यहाँका मुख्य आकर्षण हुन् ।
    प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइने भएकाले यसक्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेको स्थानीय मित्र थापाले बताउनुभयो ।
    उहाले भन्नुभयो,‘ढोरपाटन नजिक रहेकाले थुप्रै वन्यजन्तु नाङ्गी आउजाउ गर्छन् ।’
    करिब ११ किलोमिटर घना जंगल रजवारा,अर्खा हुँदै पैदलयात्रा गरेर नाङ्गी पुग्न सकिन्छ। समुद्री सतहबाट ३ हजार ३ सय मिटर उचाइमा रहेको नाङ्गीलाई छोटो पदयात्राको नयाँ गन्तव्यका रुपमा लिईन्छ ।
    गौमुखी गाउँपालिका अध्यक्ष विष्णु गिरीले नाङ्गी क्षेत्रको विकासका लागि पहल थालिएको बताउनुभयो । पहिलो चरणमा करिव ५० लाख रुपियाँ बजेटबाट यहाँ आवासिय भवन, शौचालय,आराम गर्ने कुर्सी र पदमार्ग निर्माण गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
    महाभारत पहाडी सृङ्खलामा रहेको प्युठानको कोठिभीर, नाङ्गी र पंचासे लेकले राप्ती नदिको समेत जलाधार क्षेत्र संरक्षणमा टेवा पुर्याईरहेको सम्बद्ध बिज्ञहरु बताउछन् । प्युठान लगायतका छिमेकी जिल्लाहरुमा मनसुनी वर्षा गराउन यो पहाडी शृङ्खलाको महत्वपुर्ण योगदान रहेको बताईन्छ ।

    Advertisement

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...