• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

सिद्धबाबाद्धारा गुल्मीका तीन जना पत्रकारलाई सम्मान


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सिद्वबाबा माध्यमिक विद्यालयले गुल्मीका तीन जना क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ । विद्यालयको ३८ औं वार्षिकोत्सबको अवसरका अवसरमा पत्रकारहरु अनिल खत्री, मनु सुनार र हुमाकान्त पोखरेललाई सम्मान गरिएको हो ।
    विद्यालयको शैक्षिक गतिविधिलाई पत्रकारको क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुने पत्रकार खत्री नेपाल टेलिभिजन गुल्मी जिल्लाबाट सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।
    त्यस्तै पत्रकार सुनार रेडियो रेसुङ्गामा समाचार प्रमुख हुनुहुन्छ । पत्रकार पोखरेल स्थानीय रेडियो समृद्धिका स्टेशन म्यानेजर रहनु भएको छ । संस्कार सहितको गुणस्तरीय शिक्षा सिद्वबाबाको ईच्छा भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको विद्यालयले सोमबार ३८ औं वार्षिकोत्सब मनाएको हो ।
    वार्षिकोत्सवको अवसरमा विद्यालयको मुखपत्र आवाज पुस्तकको विमोचन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । सो अवसरमा विद्यालयका लागि रु.५० हजार भन्दा बढी सहयोग गर्ने मानार्थ सदस्य १२ जना, नयाँ अध्यक्ष कोष स्थापना गर्ने, ८ जना तथा अक्षयकोषमा रकम थप गर्ने ६ जनालाई सम्मान गरिएको थियो ।
     विद्यालयमा रहेका ५० जना महानुभावहरुद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त छात्रवृति प्रदान, चार जना जेष्ठ सदस्य सम्मान लगायतका कार्यक्रम गरिएको थियो । रेसुङ्गा नगरपालिका–८, तत्कालीन तम्घास गाउँपञ्चायत खानीगाउँ टुनिखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको थियो ।
     गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा अवस्थित सिद्धबाबा माध्यमिक विद्यालय २०४३ सालमा स्थापना भएको हो । विद्यालय २०४९ सालमा निम्न माध्यमिक विद्यालय भएको थियो । २०५५ सालेदखि एसएलसी हाल एसईई परीक्षामा सहभागी हुन थालेको हो । २०६१ सालमा तत्कालिन उच्च माबि ११ र १२ सम्म अध्यापन हुँदै आएको छ ।
    विद्यालयमा हाल १६ सय विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताउनुभयो । औपचारीक रुपमा केहि विद्यार्थी र २ जना शिक्षकबाट सुरु गरिएको हो ।
    विद्यालयमा साधारण नर्सरी–१२ प्राविधिक ९–१२ र ११ र १२ तर्फ होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापान, कानुन, शिक्षाका विषयहरु पठनपाठन भइरहेका छन् । ०७१ सालमा विज्ञान विषय, ०७६ सालमा कानुन विषय, कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरिङ यसै वर्षबाट व्यवस्थापन विषयमा होटल म्यानेजमेन्ट थप भएको छ ।
     विद्यालयमा धेरै शिक्षक विद्यालयको आन्तरिक श्रोतबाट पारिश्रमीक दिने व्यवस्था रहेको छ । विद्यालयमा विद्यार्थी केन्द्रीत अध्यापनलाई महत्व दिएर लाइब्रेरी,प्रोजेक्टर, संग्रालय, पिल्ड ट्रिपको माध्यमबाट, आइसिटी बेसमा रहेर अध्यापम गराइरहेको छ।
    प्राविधिक तथा व्यवसायिक धारतर्फ कक्षा ९ देखि कम्प्युटर इञ्जिनियरिङको अध्यायन कार्य कक्षा १२ सम्मको अध्यापन शुरु गरिएको छ । विद्यालयमा २ वटा स्कुल बस, आफनै चमेनागृह, सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान ल्याब, नेपाली, अंग्रेजी, सामाजिक विषयका ल्याब कक्षहरु सञ्चालित छन्।
     विद्यालयमा प्राथाकिम उपचार कक्ष रहेको छ । उक्त कक्षमा स्वास्थ्य कर्मी पनि रहेका छन् । विद्यायलमा सेनेटरी प्याडको व्यवस्था छ । विद्यालयले राष्ट्रि तथा अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको।
    ब्रिटिस काउन्सिलबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड अन्तर्गत २०२०–२३ को अवार्ड यस विद्यालयले हासिल गर्न सफल भएको छ। हाल विद्यालयमा ६ रोपनी ११ आना १ पैसा ४ दाम जग्गा छ। उक्त जग्गामा ६ वटा भवनहरु छन् । जसमा ५७ वटा कोठा छन्। 

    Advertisement

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation