• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

लोप हुँदै परम्परागत कोल


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • प्यूठान। प्यूठानको स्वर्गद्वारी नगरपालिका –५, सारी, निवासी ५० वर्षिय यमराज बुढाथोकीले चिउरीको कोल वरिपरि घुम्दै खेल्दै  बाल्यकाल बिताए। बर्षौ अघि कोलमा पेलेर चिउरीको घ्यु  निकालेको याद अहिलेपनि ताजै छ उनिसंग । सानो छंदा साथी भाईहरुसंग दिन भरी कसले धेरै बिजुला जम्मा गर्ने भन्ने होडबाझी हुने र त्यही फललाई पेलेर घ्यु निकालेर घरमा लग्नुनै त्यतीबेलाको ठूलो उपलब्धी हुने बुढाथोकी सम्झन्छन ।
    कुनैबेला यस क्षेत्रका बासिन्दाहरुले चिउरीको घ्यु बेचेर आम्दानी गर्थे। जंगल फलेका चिउरीका फल संकलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उनिहरु गर्थे। तर, अहिले अधिकाशंले छोडिसकेका छन। बुढाथोकी भन्छन,’ सबै कोलमा चिउरी पेल्थे, जिबिको धान्ने माध्यम चिउरीको घ्यु थियो’
    जंगल र घर वरपर प्रसस्त चिउरी लगायतका फुल फुल्ने बनस्पती पाईने र कोलमा निशुल्क चिउरी पेलाउन पाईने हुदा लागत खर्च निकै कम पर्दथ्यो । त्यसबेला गाउंमा उत्पादन भएको चिउरीको घ्यु खलंगा, घोराही, तुल्सिपुर, नेपालगन्ज लगायतका सहरमा बिक्री गरेर आएको पैसाले चाडपर्व मान्नेदेखि छोराछोरीलाई लत्ताकपडा किन्ने गरेको अनुभव उनले सुनाए ।
    कोलमा पेलेको घ्यु शुद्ध र प्राकृतिक हुने भएकाले यसको माग उच्च थियो। अहिले जिल्लाका अधिकांश गाउँमा रहेका कोलसमेत बिस्तारै हराउँदै गएका छन्।
    पछिल्लो समय बजारमा प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै चिउरीको घ्युको माग घट्दै गएको हो । त्यसका साथसाथै चिउरी पेल्ने कोलको समयसंगै आधुनिकीकरण नहुदा पनि कोलको प्रयोग कम भएको हो। चिउरीका बिजुलाहरुलाई जम्मा गरि, कुटेर. तातो पानीको बाफमा पकाएपछि मात्र यसबाट घ्यु निकाल्न कोलमा राख्ने गरिन्थ्यो । यसरी कोलमा राखिसकेपछि पनि वरिपरिबाट त्यसलाई कोलमा जोडिएको काठको सहायताले घुमाएर घ्यु जम्मा गर्ने गरिन्थ्यो। अहिले गाउँमा रहेका काठका कोल बेवारिसे अवस्थामा छन् । काठे कोलमा तेल पेल्न धेरै जनशक्ति चाहिने, समय धेरै खर्चनुपर्ने र कम तेल उत्पादन हुने गरेकाले लोप हुँदै गएको बुढाथोकीको बुझाई छ।
    समाजमा चिउरी पेल्ने कोलको ठूलो महत्व थियो ।  जिविकोपार्जन गर्ने  मात्रै होईन सामाजिक भाइचारालाई जोगाउन पनि कोलको भुमिका थियो ।  चिउरी पेल्ने समयमा छिमेकी, आफन्त सबै भेट हुने थलो कोल हुन्थ्यो । त्यति मात्र नभई यो एउटा स्थानीय प्रविधीको उच्चतम नमूना थियो । कोलमा प्रयोग भएका काठका जोडहरु, घिउ जम्मा गर्नका लागि बनाइएको भांडो, बिजुला पिस्नका लागि तयार गरिएका काठका खल तथा बिजुला बफ्फाउनका लागि बनाईएको डालीमा बैज्ञानिक प्रविधीको उत्कृष्ठ नमूना प्रयोग गरिएको थियो ।  बजारमा प्रशोधित तेलको खपत धेरै भईरहेको बेला कुनै रसायनको प्रयोग बिना स्थानिय प्रविधीको प्रयोग गरि तयार गरिएको चिउरीको घिउ प्रशोधित तेलको उत्तम बिकल्प हुन सक्छ । चिउरीको घ्युले छालालाई मुलायम राख्ने हुंदा यसको प्रयोग कस्मेटिक्स सामानहरु बनाउन पनि प्रयोग गर्न सकिन्छ । अहिले जंगलमा यसै खेर गईरहेका चिउरीको फलको उपयोग गरि हराउदै गईरहेको चिउरी पेल्ने कोलको समयानुसार आधुनिकीकरण गर्ने र समाजमा चिउरीको घ्यु बनाएर बिक्री गर्न सक्दा मनग्य आम्दानी गर्न सकिन्छ। स्थानीयका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ। त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ।
    चिउरीको दाना पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर घ्यु निकाल्ने गरिन्छ।

    Advertisement

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation