• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

लोप हुँदै परम्परागत कोल


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • प्यूठान। प्यूठानको स्वर्गद्वारी नगरपालिका –५, सारी, निवासी ५० वर्षिय यमराज बुढाथोकीले चिउरीको कोल वरिपरि घुम्दै खेल्दै  बाल्यकाल बिताए। बर्षौ अघि कोलमा पेलेर चिउरीको घ्यु  निकालेको याद अहिलेपनि ताजै छ उनिसंग । सानो छंदा साथी भाईहरुसंग दिन भरी कसले धेरै बिजुला जम्मा गर्ने भन्ने होडबाझी हुने र त्यही फललाई पेलेर घ्यु निकालेर घरमा लग्नुनै त्यतीबेलाको ठूलो उपलब्धी हुने बुढाथोकी सम्झन्छन ।
    कुनैबेला यस क्षेत्रका बासिन्दाहरुले चिउरीको घ्यु बेचेर आम्दानी गर्थे। जंगल फलेका चिउरीका फल संकलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उनिहरु गर्थे। तर, अहिले अधिकाशंले छोडिसकेका छन। बुढाथोकी भन्छन,’ सबै कोलमा चिउरी पेल्थे, जिबिको धान्ने माध्यम चिउरीको घ्यु थियो’
    जंगल र घर वरपर प्रसस्त चिउरी लगायतका फुल फुल्ने बनस्पती पाईने र कोलमा निशुल्क चिउरी पेलाउन पाईने हुदा लागत खर्च निकै कम पर्दथ्यो । त्यसबेला गाउंमा उत्पादन भएको चिउरीको घ्यु खलंगा, घोराही, तुल्सिपुर, नेपालगन्ज लगायतका सहरमा बिक्री गरेर आएको पैसाले चाडपर्व मान्नेदेखि छोराछोरीलाई लत्ताकपडा किन्ने गरेको अनुभव उनले सुनाए ।
    कोलमा पेलेको घ्यु शुद्ध र प्राकृतिक हुने भएकाले यसको माग उच्च थियो। अहिले जिल्लाका अधिकांश गाउँमा रहेका कोलसमेत बिस्तारै हराउँदै गएका छन्।
    पछिल्लो समय बजारमा प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै चिउरीको घ्युको माग घट्दै गएको हो । त्यसका साथसाथै चिउरी पेल्ने कोलको समयसंगै आधुनिकीकरण नहुदा पनि कोलको प्रयोग कम भएको हो। चिउरीका बिजुलाहरुलाई जम्मा गरि, कुटेर. तातो पानीको बाफमा पकाएपछि मात्र यसबाट घ्यु निकाल्न कोलमा राख्ने गरिन्थ्यो । यसरी कोलमा राखिसकेपछि पनि वरिपरिबाट त्यसलाई कोलमा जोडिएको काठको सहायताले घुमाएर घ्यु जम्मा गर्ने गरिन्थ्यो। अहिले गाउँमा रहेका काठका कोल बेवारिसे अवस्थामा छन् । काठे कोलमा तेल पेल्न धेरै जनशक्ति चाहिने, समय धेरै खर्चनुपर्ने र कम तेल उत्पादन हुने गरेकाले लोप हुँदै गएको बुढाथोकीको बुझाई छ।
    समाजमा चिउरी पेल्ने कोलको ठूलो महत्व थियो ।  जिविकोपार्जन गर्ने  मात्रै होईन सामाजिक भाइचारालाई जोगाउन पनि कोलको भुमिका थियो ।  चिउरी पेल्ने समयमा छिमेकी, आफन्त सबै भेट हुने थलो कोल हुन्थ्यो । त्यति मात्र नभई यो एउटा स्थानीय प्रविधीको उच्चतम नमूना थियो । कोलमा प्रयोग भएका काठका जोडहरु, घिउ जम्मा गर्नका लागि बनाइएको भांडो, बिजुला पिस्नका लागि तयार गरिएका काठका खल तथा बिजुला बफ्फाउनका लागि बनाईएको डालीमा बैज्ञानिक प्रविधीको उत्कृष्ठ नमूना प्रयोग गरिएको थियो ।  बजारमा प्रशोधित तेलको खपत धेरै भईरहेको बेला कुनै रसायनको प्रयोग बिना स्थानिय प्रविधीको प्रयोग गरि तयार गरिएको चिउरीको घिउ प्रशोधित तेलको उत्तम बिकल्प हुन सक्छ । चिउरीको घ्युले छालालाई मुलायम राख्ने हुंदा यसको प्रयोग कस्मेटिक्स सामानहरु बनाउन पनि प्रयोग गर्न सकिन्छ । अहिले जंगलमा यसै खेर गईरहेका चिउरीको फलको उपयोग गरि हराउदै गईरहेको चिउरी पेल्ने कोलको समयानुसार आधुनिकीकरण गर्ने र समाजमा चिउरीको घ्यु बनाएर बिक्री गर्न सक्दा मनग्य आम्दानी गर्न सकिन्छ। स्थानीयका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैत महिनामा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ। त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ।
    चिउरीको दाना पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन ढिकीमा कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ । आगोमा पकाएर नरम बनाएपछि त्यसलाई काठको कोलमा हालेर पेलेर घ्यु निकाल्ने गरिन्छ।

    Advertisement

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    गौमुखीमा निःशुल्क घर बीमा, पहिलो लाभग्राहीलाई बिमा भुक्तानी
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation