प्युठान। लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान देखि दिल्ली, नेपाल भारत मैत्री बस सेवाको उद्दघाटन गरेका छन्।
स्वर्गद्वारी गौमुखी यातायात सेवा प्राली प्यूठानद्वारा सोमबार टिकुरी बसपार्कमा आयोजित कार्यक्रममा उनले प्यूठान देखि दिल्ली जाने यात्रु वाहक बसको उद्दघाटन गर्दै विदाई गरेका छन्।
यात्रुलाई सहजताका साथ सेवा दिन उनले यातायात व्यवसायीहरूलाई आग्रह गरे। कार्यक्रममा मन्त्री थापाले प्यूठानमा छिट्टै यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र स्थापना गर्न लागेको समेत जानकारी गराए।
उनले भने ‘टिप्पणी उठाएर फाइल अघि बढाउन निर्देशन गरेको छु। मेरै कार्यकाल भित्र प्यूठानमा यातायात कार्यालय खोलिने छ।’ प्यूठानको समग्र विकासमा आफु प्रतिबद्ध भएको उनले बताए।
Advertisement