वुटवल । गएराति गएको भूकम्पमा परी जांजरकोट र रुकुम पश्चिममा गरि अहिलेसम्म १ सय २८ जनाको मृत्यु भएको छ । यस्तै १ सय ४० जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोकाले भूकम्पबाट हालसम्म ९२ जनाको मृत्यु भएको पुष्टि गरे । यता भूकम्पमा रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जनाइएको छ।
कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले भुकम्पमा परेकाहरुको उद्धारका प्रहरी परिचालन गरेको जानकारी दिए। प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी र छिमेकी जिल्लाबाट समेत भुकम्प प्रभावित क्षेत्रमा प्रहरी परिचालन भएको ढकालले वताए ।
उनले सबैभन्दा बढी प्रभावित जाजरकोट जिल्लाको भेरीगङ्गा भएको बताए ।
राती गएको भूकम्पबाट अहिलेसम्म सवैभन्दा वढी जाजरकोट र रुकुम पश्चिममा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार तथा मानविय एवं भौतिक क्षतिका बिबरणहरु संकलन गर्ने कार्य जारी छ।
पश्चिम नेपालसँगै राति देशभर भुकम्पकाे धक्का महसुस गरिएको थियाे ।