दाङ । दाङको घोराही नगरपालिका -१३ मंगलेरीमा चलेको मंगलेरी खुला फुटवल प्रतियोगिताको उपाधी बिएफएल युवा कल्बले जितेको छ । हडबडे डाँडा फुटवल खेल मैदानमा सोमवार भएको फाइनल खेलमा
शुभ बिहानी कल्वलाई शुन्यका विरुद्ध एक गोलले पराजित गदैं बिएफएलले उपाधी उचालेको हो ।
उपाधी विजेता टिमले नगद बीस हजार रुपैयाँ र उपबिजेता शुभ बिहानी कल्वले ८ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
मंगलेरी युवा क्लबको आयोजनामा भएको फुटवल प्रतियोगितामा १२ वटा टीम सहभागी रहेका थिए।
Advertisement