• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

गुल्मीबाट वर्षेनी ३ हजार बढि बसाइँ सरेर बाहिरिदै

"सुविधा खोज्दै गाउँले बसाइँसरे, रित्तिए गाउँ "

  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
  • गुल्मी । पहाडबाट तराई र दुर्गमबाट सुगमता खोज्दै मानिसहरु बसाइसराइँ गरेर हिडनाले गाउँबस्तीहरु रित्तिदै जान थालेका छन्। दुर्गम ठाउँमा शिक्षा, स्वास्थ्यसँगै पयाप्त मात्रामा विकास र अरु अबसरको सम्भावना पनि कम हुन्छ ।
    मानिहरु सुगमता र अबसरको खोजीमा बसाइसराइँ गर्ने क्रम तिब्र गतिमा बढेको छ । बसाइँसराइको असर गुल्मी जिल्लामा पनि पयाप्त मात्रामा रहेको छ ।
    धेरै जग्गा जमिन बाझिदै छ । गाउँका धेरै ठाउँका घरहरु ताल्चा मारेर बन्द अबस्थामा छन् ।
    संघिएता कार्यन्वयनमा आएपछि सिंहदरवारको अधिकार र विकास गाउँमा आएको छ । तर मानिसहरु दिनानु दिन बसाइँसराइ गरेर शहर तिर गइरहेका छन् ।
    जिल्लामा पनि यो क्रम दिनानु दिन बढ्दै गएको छ । जिल्लामा गएको आर्थिक वर्ष २०७९÷०८० मा करिव ३ हजार नागरिक बसाइँसराइ गरेर गएको पाइएको छ ।
    जिल्लाबाट एक वर्षको अबधीमा २ हजार ८४३ जना बसाइँसराइ गरेर गएको तथ्याङक रहेको छ । यो तथ्याङक सरकारी निकायबाट आधिकारिक रुपमै बसाँइसराइ गर्नेहरु हुन् ।
    तर त्यतिनै संख्यामा बसाइँसराइ गरेर गएपनि तथ्याङकमा छैनन् । जिल्लाबाट सबैभन्दा धेरै ८ सय ६९ जना मुसिकोट नगरपालिकाबाट बसाइँसराइ गरेर गएका छन् ।
    त्यस्तै रेसुङ्गा नगरपालिकाबाट ३९७ जना, कालीगण्डकी गाउँपालिकाबाट १८६ जना, सत्यवती गाउँपालिकाबाट २४५ जना, चन्द्रकोट गाउँपालिकाबाट १५९ जना, रुरुक्षेत्र गाउँपालिकाबाट १३५ जना रहेका छन् । त्यस्तै छत्रकोट गाउँपालिकाबाट २५६ जना, गुल्मीदरबार गाउँपालिकाबाट १२८ जना, धुर्कोट गाउँपालिकाबाट १२१ जना, इस्मा गाउँपालिकाबाट ११५ जना, मालिका गाउँपालिकाबाट १०८ जना र मादाने गाउँपालिकाबाट १२४ जना बसाइँसराइ गरेर गएको तथ्याङक रहेको छ ।
    गुल्मीका केहि स्थानीय तहले बसाइँसराइ रोक्नका लागि विभिन्न प्रयत्नहरु पनि गर्दै आएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा बिशेष प्याकेजका कार्यक्रमहरु समेत गर्दै आएको छ ।
    नगरपालिकाले स्वास्थ्य तर्फ गुल्मी अस्पतालमा बिशेषज्ञ डक्टर राख्न प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । त्यस्तै शिक्षाको क्षेत्रमा एसईईमा उत्कृष्ट अंक ल्याएर जिल्लामै पढने विद्यार्थीलाई नगद रकम सहित सम्मान गर्दै आएको छ ।
    पर्यटनको क्षेत्रमा ‘जाउ हिँड रेसुङ्गा’ अभियान नै सञ्चालन गरेको छ । नगरपालिकाले बाँझो जग्गामा खेती अभियान सुरु गरेको छ ।
    युवाहरुलाई उद्योगी बन्नका लागि विभिन्न खाले तालिमहरु पनि नगरपालिकाले गर्दै आएको छ । यी कार्यक्रम मार्फत बढदो बसाइँसराइलाई रोक्नको लागि धेरै काम गर्ने अपेक्षा रहेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
    उनले पछिल्लो समय रेसुङ्गा नगरपालिकाबाट बसाइँसराई गर्नेहरुको दर कम हुँदै गएको बताए । बिशेष गरि मानिसहरु शिक्षा, स्वास्थ्यका कारणले बसाइँसराइ गर्ने गरेको पाइएकाले ती क्षेत्रमा नगरपालिकाको बिशेष प्याकेजका कार्यक्रमहरु सञ्चालनमा रहेको नगरप्रमुख पन्थीको भनाइ छ ।
    जिल्लाका अन्य स्थानीय तहहरुले पनि केहिहदसम्म बसाइँसराइ रोक्नका लागि प्रयासहरु गर्दै आएका छन् । तर गाउँमा मानिसहरु विभिन्न अवसरबाट बञ्चीत भएको कारण देखाउदै गाउँ छोड्नेहरु बढदै गएका छन् ।
    मानिसहरु खुस र सुबिधाको लागि शहर पस्ने गरेका गाउँ रिक्तिनै जान थालेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । उनले स्थानीय तहले हरेक नागरिक समेट्ने गरि कार्यक्रमहरु ल्याएर बसाइँसराइ रोक्नुपर्ने बताए ।
    गाउँमा अवसर पनि कम र शिक्षा स्वास्थ्य पनि पर्याप्त मात्रामा नभएकाले मानिसहरु असाइँसराइ गर्नेक्रम बढिरहेको खत्रीले बताए । मानिसहरु आजको आजै विकास खोजीरहेकाले स्थानीय तहले परिणम मुखि कार्यक्रमहरु ल्याउनु पर्ने समन्वय प्रमुख खत्रीको जोड छ ।
    गाउँका युवाहरुसँगै बसाइँसराइ गरेर जानेहरुका कारणले गाउँ सुनशान बन्दै गएका छन् । गाउँमा गरेर खाने मान्छे छैनन् ।
    जसका कारणले बिवाह, पूजा, कुनैपनि काम गर्दा समस्या छ । बिदेसिने क्रम र बसाइँसराइबाट गाउँ घरहरुमा बृद्ध आमा बुवाहरु मात्रै छन् ।
    गाउँमा बसेर गुजारा पनि चल्न समस्या हुँदै जानु र खेतीपाती लगाएको पनि बाँदरले सखाप पारिदिने गर्नाले र खानेपानीको समस्याका कारण बसाइसराइँ बढ्दै गएको छ । गाउँमा कुनै व्यवसाय गरेपनि लगानी अनुसार प्रतिफल नआउने गर्नाले पनि बसाइँसराइ बढदै गएको छ ।
    बसाइँसारइले गाउँ शुन्य हुँदै गएको छ । शहरमा मान्छेको चापाचाप हुँदै गएको छ ।
    गाउँमा उब्जनी हुने जग्गा बाँझिदै जाने र शहरमा भएका जग्गाहरुमा बस्ती बस्दै जानाले कृषि उत्पादनमा पनि यसले असर गरेको छ । बसाइँसराइले गाउँको अबस्था अहिले कहाली लाग्दो अबस्था सृजना हुँदै गएको छ ।
    कतिपय नागरिक बसाइसराइँ गर्नेहरु गाउँको जग्गा बिक्री नगरि घरमा ताल्चा लगाएर सुगम ठाउँमा जाने गरेका छन् । जिल्लाको अवस्थामा विशेष गरी दुई स्तरका मानिसहरू बढी बसाइसराइँ गरिरहेका छन् ।
    आर्थिक रुपमा सम्पन्न मानिस थप सुविधाका लागि र बिपन्न व्यक्ती रोजीरोटीकै लागि बसाइसराइँ गर्छन् । कृषि क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले मानिसहरू बसाइसराइँ गर्ने गरेका छन् ।
    स्थानीय सरकारका विभिन्न खाले योजनाहरु छन् । तर दिर्घकालिन योजना र लक्ष्य नहुँदा नागरिकहरु बसाइँसराइ गर्ने क्रम बढिरहेको छ ।

    Advertisement

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation