• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ


  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
  • काठमाडौं। जतिसुकै जटिल र कठिन परिस्थिति होस्, सुवास नेम्वाङ आशावादी देखिन्थे, अनि ओठमा मुस्कान छाइरहन्थ्यो । विपक्षीमाथि खनिँदासमेत उनको ओठमा मुस्कान र मन्तव्यमा तर्क हुन्थ्यो । बरु व्यंग्य गर्थे तर तल्लो स्तरमा झरेर कहिल्यै बोलेनन् । संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको गए राति निधन भएपछि नेपाली राजनीतिमा एकखालको सन्नाटा छाएको छ । शीर्ष नेतृत्व स्तब्ध छ ।

    Advertisement

    नेम्वाङ लोकप्रिय जनप्रतिनिधि थिए । २०५६ पछिका प्रतिनिधिसभा तथा संविधानसभा निर्वाचनमा उनले कहिल्यै पराजय व्यहोर्नुपरेन । गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा बाहेक उनले राजनीतिक करिअरमा कहिल्यै हार्नुपरेन । तर, हृदयाघातका कारण जीवनबाट उनी हारे । उनी सोमबारदेखि बिरामी थिए । उनलाई हल्का ज्वरो आएको थियो । चिकित्सकले घरमै गएर जाँचेका पनि थिए । तर, मध्यरात उनी हृदयाघात भइ बाथरुममै ढले ।

    परिवारले भेट्दा उनी बेहोस थिए । तत्कालै महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिए पनि पहिल्यै उनको निधन भइसकेको थियो । आफ्नै पार्टी एमालेमा होस् वा संसद् अथवा राष्ट्रिय राजनीतिमा नेम्वाङ समन्वयकारी नेताका रूपमा चिनिन्थे । एमालेभित्रको अन्तरसंघर्षमा अध्यक्ष केपी ओलीनिकट रहे पनि अरु नेताहरूलाई मिलाएर पार्टीलाई एकढिक्का राख्न उनले प्रयत्न गरेका थिए । उनको सबैभन्दा ठूलो योगदान नयाँ संविधान निर्माणमा थियाे । दोस्रो जनआन्दोलनको बलमा २०६३ मा प्रतिनिधिसभा पुनःस्थापित भएपछि उनी सभामुख बने ।

    त्यसपछि उनको समन्वयकारी भूमिका झन् बढेर गयो । खासगरी, पहिलो र दोस्रो संविधानसभामा नेम्वाङले खेलेको भूमिकाको अहिले पनि प्रशंसा हुने गरेको छ । भलै, पहिलो संविधानसभा विघटन हुनुमा नेम्वाङलाई दोष लगाउने गरिएको छ । उनी आफैँ भने १० प्रदेशमा भइसकेको सहमतिबाट माओवादी र मधेशवादी पार्टी पछि फर्किँदा संविधान बन्न नसकेको बताउँथे । व्यंग्य पनि गर्थे, भुँइको टिप्न खोज्दा खल्तीको पनि खसेको हो । सशस्त्र विद्रोहबाट आएको माओवादी, मधेश आन्दोलनबाट उदाएका मधेशवादी र लामो संसदीय अभ्यासबाट आएका कांग्रेस र एमालेलाई मिलाएर नयाँ संविधान बनाउनु सहज थिएन । तर, उनले सधैँ सहमतिको रट लगाइरहे ।

    मधेसकेन्द्रित दलबाहेक सबैको मतबाट ३ असोज २०७० मा संविधानसभाले नयाँ संविधान घोषणा गर्‍याे । दक्षिणी छिमेकी भारतको अनिच्छाबीच नयाँ संविधान घोषणा गर्नुपर्ने चुनौतीको नेम्वाङले सामना गरेका थिए ।

    को हुन् नेम्वाङ ?

    २८ फागुन २००९ मा इलाममा जन्मिएका नेम्वाङ २०२८ बाट राजनीतिमा सक्रिय थिए । स्नातक अध्ययनका क्रममा अनेरास्ववियुबाट राजनीति थालेका उनी इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापतिसमेत बने । पञ्चायतविरोधी आन्दोलनमा उनी सक्रिय थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा पनि तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले) मा संगठित भए ।

    एमालेको कानुन व्यवसायी फाँटबाट राजनीतिलाई अघि बढाएका उनी एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै १० औँ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष निर्वाचित भए । पार्टीमा भन्दा संसदीय फाँटमा उनी धेरै सक्रिय भए । २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य रहेका नेम्वाङ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट निर्वाचित भए ।

    २०६४ र २०७९ का चुनाव एमालेका लागि चुनौतीपूर्ण थिए । यी दुवै निर्वाचनमा पनि नेम्वाङ विजयी भएका थिए । हाल उनी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए । आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation