एसईईमा सरुमारानी कै उत्कृष्ट बनिन् अर्याल

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका -२, मैदानस्थित खड्गेश्वरी माद्यमिक बिद्यालय दर्भानकी छात्रा बिन्दु अर्याल एसईई परीक्षामा पालिकाकै उत्कृष्ट भएकी छिन्। ३.५५ जीपीए ल्याएकी अर्याल पालिकाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्।

उनको ब्याचमा ४१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। सो नतिजामा अर्यालले ३.५५ जीपीए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक सुन्दर भण्डारीले जानकारी दिए।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...