प्यार अलि खान,प्यूठान। प्यूठान नगरपालिका वडा नम्बर ४ को जाल्पा टोलमा स्थानीयहरुकै सक्रियतामा सडक बत्ति बालिएको छ। टोल भित्रका १२ वटा विद्युतीय पोलमा बत्ति जडान गरिएको टोल व्यवस्थापन समिति अध्यक्ष लोक बहादुर बस्नेतले जानकारी दिए। टोल विकास समितिको कोषबाट करिब पचास हजारको लागतमा सडक बत्ति व्यवस्थापन गरिएको टोल व्यवस्थापन समितिका सचिव झबिन्द्र शर्माले बताए। हरेक महिनाको पहिलो शनिबार टोल सरसफाई गर्ने कार्यक्रम बनाईएको उनले जानकारी गराए। वडा नं ४ का वडा अध्यक्ष रेशम केसीले स्विच अन गरि सडक बत्तिको उद्दघाटन गरेका थिए। आगामी दिनमा टोलको समग्र विकासमा वडाको सहयोग रहने उनले बताए ।
Advertisement