प्युठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् । गिरीले यसअघि दलको नेतामा पनि आकांक्षा देखाएकी थिइन् । उनी प्यूठानबाट निर्वाचित समानुपातिक सांसद हुन । लुम्बिनी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस दोस्रो दल रहेको छ । नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिमा उदाएकी गिरी चौधौ महाधिबेसनबाट निर्वाचित नेपाली कांग्रेस लुम्बिनीकि सहमहामन्त्री समेत हुन। उनि लगातार तीन पटक कांग्रेसको महासमिति सदस्यमा निर्वाचित युवा नेतृ हुन् ।
Advertisement