सरद बिष्ट
स्वर्गद्धारी नगरपालिका–३, प्यूठान
नेकपा एमालेका पोलिटव्युरो सदस्य एबम् प्यूठान जिल्ला इन्चार्ज सुर्य थापा यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा प्यूठानबाट नेकपा एमालेका तर्फबाट ४१ हजार १ सय १८ मत लिई बिजयी भएका उम्मेदवार हुन् । पाँच दलिय गठबन्धनको तर्फवाट साझा उम्मेदवार राजमोकी नेत्री दुर्गा पौडेललाई झण्डै ५ हजार २ सय ७४ को भारी मतान्तरले फरक पार्दै सूर्य थापा बिजयी भएका एक असल अनि आम प्यूठानी जन्तामाझ निकै नै लोकप्रिय नेताको रुपमा चिनिन्छन् । उनका प्रतिद्धन्दी दुर्गा पौडेलले ३५ हजार ८४४ मात्र मत पाएकी छिन् । एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा पहिलो पटक प्यूठानी जन्तामाझ परिक्षण भएका थिए । । बुबा खेत बहादुर थापा र माता खिमाकुमारी थापाको कोखवाट बि.स. २०३१ साल साउन ८ गते झिमरुक गाँउपालिका १, प्यूठानको सौतामारे, काभ्रेखोला भन्ने ठाँउमा जन्म लिएका थापा राजनिति, पत्रकारिता, समाजसेवा र नेकपा एमाले भित्रका निकै नै प्रभावशाली नेताको रुपमा सुपरिचित छन् । समाजशास्त्रमा डिग्री पास गरिसकेका थापा कानुनका जानकार बिधार्थी पनि हुन् ।
सुर्य थापाको बिश्वमा राजतन्त्रः उत्थान, पतन र भविश्य अन्र्तगत राजनितिक इतिहासको पहिलो कृति नवयुगले २०६० सालमा प्रकाशनमा ल्याएको थियो । त्यतिवेला नेपालमा दरवारकाण्ड पछि पूर्वराजा ज्ञानेन्द्रको निरङकुुस राजतन्त्रप्रतिको मोह बढ्दै थियो । नेपालमा पूर्वराजा ज्ञानेन्द्रको कार्यशैली प्रति आम नागरिकहरु तिव्र असन्तुष्टि भईरहेको वेला नेपालमा राजतन्त्र र दलहरुवीचको सघर्ष भन्ने राजनितिक इतिहास अन्र्तगत दोस्रो कृतिले पनि नेपालमा २०६२र२०६३ को जन आन्दोलन वखत चर्चा पाएको थियो । सुर्य थापा आफैमा क्षमतावान व्यक्ति हुन् । समय सन्दर्भ, युग र परिवेश अनुसार लेख तथा पुस्तकहरु लेख्न सक्ने खुवी भएकोले पनि थापाका दर्जनौं राजनिति घटनाक्रममा आधारित पुस्तकहरु बजारमा पाईन्छन् ।नेकपा एमालेको सरकारमा रहदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार, पूर्व प्रधानमन्त्री केपी शर्माको प्रेस सल्लाहकार (राज्यमन्त्रीस्तर) लगाएत नेकपा एमालेको महत्वपूर्ण विभाग तथा अन्य जिम्मेवारी पदमा बसेर आफनो भुमिका र कार्यकौशलता समेत देखाईसकेका छन् । झण्डै दर्जनौ देशको भ्रमण तथा यात्रा गरिसकेका थापाले राज्यस्तरवाट बिभिन्न मान सम्मान पनि प्राप्त गरिसकेका छन् । आफ्नो पाटी सरकारमा वा सरकार बाहिर रहदापनि राष्ट्रिय राजनितिमा ख्याति कमाएका अग्र पंक्तिका शिर्ष नेताहरु सँग सुर्य थापाको राम्रो सम्बन्ध र चिनजान छ । बिभिन्न मन्त्रालय, दुतावास, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुका कर्मचारीसंग समेत राम्रो सम्बन्ध र लिङ्क बनाएकोले पनि थापाको नाम धेरैले नजिकवाट चिनेका र बुझेका छन् ।
हाल प्यूठान जिल्लामा रहेका ९ वटा स्थानिय तह अन्र्तगत ७ वटा गाँउपालिका र २ वटा नगरपालिका छन् । जिल्ला निर्वाचन कार्यालय प्यूठानको तथ्यांक अनुसार जिल्लामा ७७,७६९ पुरुष मतदाता, ८१,९९० महिला मतदाता र अन्यमा १ जना गरी जम्माजम्मी १ लाख ५९ हजार ७ सय ६० मतदाता संख्या रहेको छ र गएको स्थानिय तहको निर्वाचनमा प्यूठानमा ६४.८३ प्रतिशत मत खसेको थियो । तर, यहि मंसिर–४ अर्थात हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कुल मतदाताहरु मध्य ८८ हजार ४७ मत अर्थात ५५.११ प्रतिशत मत खसको जिल्ला निर्वाचन कार्यालय प्यूठानका जिल्ला निर्वाचन अधिकारी देविराम पाठकले जानकारी दिएका थिए । उनका अनुसार खसेको मतमा महिला ५० हजार ८६ र पुुरुष ३७ हजार ९ सय ६१ जना थिए । जिल्लाभर महिलाहरुको सहभागिता उल्लेखनीय थियो । जिल्लाका कुल २ सय २३ वटा मतदान केन्द्रबाट मतदान भएको थियो ।
देशले नयाँ संबिधान–२०७२ जारी गरेपछि भएको पहिलो स्थानिय तहको निर्वाचन– २०७४ मार्फत प्यूठानमा नेकपा एमाले पहिलो दल बनेको थियो भने हालै सम्पन्न स्थानिय तहको निर्वाचन –२०७९ मा पनि जिल्लामा नेकपा एमाले पहिलो दल, दोस्रो दल नेपाली कांग्रेस, तेस्रो दल नेकपा (माओवादी केन्द्र) र चोथो दल राष्ट्रिय जनमोर्चा बनेको थियो ।
गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा नौ वटामध्ये दुई वटा गाँउपालिका प्रमुखरउपप्रमुख र ६४ वटामध्य २० वटा वडामा एमालेले एक्लै जित हासिल गरेको थियो । एमाले एक्लै र अन्य दलहरुवीच जिल्लामा चुनाब जित्ने दाउमा तालमेल तथा गठबन्धन भएपनि जिल्ला निर्वाचन कार्यालय, प्यूठानका अनुसार नेकपा एमाले मत सर्वेक्षणका आधारमा फेरि पनि पहिलो दल बनेको थियो । जिल्लामा २० वटा वडा जितेको एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको थियो भने २० वटै वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत मात्रै पाएको थियो । त्यस्तै १० वटा वडा जितेका माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेका राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेका थिए । त्यसैगरी दुईवटा वडा जितेका विप्लव समुहले १ हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एसले १ हजार ३२२ मत, एउटा वडा जितेका स्वतन्त्र उम्मेदवार (हाँस चिन्ह) ले ६३१ मत र एउटा वडा जितेका स्वतन्त्र उम्मेदवार (लौरो चिन्ह) ले ६१४ मत प्राप्त गरेका थिए । तर, हाँस पदका बिजयी स्वतन्त्र उम्मेदवार हाल नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् । हुनतः एमाले वडागत मतमा शीर्ष स्थानमा भएपनि सत्तारुढ गठबन्धनभन्दा पछाडि नै थियो । पाँच दलीय गठबन्धनको झण्डै ५३ हजार ५ सय चानचुने मत थियो । जुन एमालेको भन्दा लगभग १३ हजार ६ सय जतिको मतान्तरले धेरै हो ।
यहि मंसिर ४ गते सम्पन्न भएको चुनाबमा प्रतिनिधिसभा सदस्यका लागि प्यूठानमा विभिन्न दल र स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दिएका थिए । कृष्ण प्रसाद पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टी, दान बहादुर सुबेदीले स्वतन्त्र, दुर्गा पौडेलले राष्ट्रिय जनमोर्चा, मन बहादुर पुनले मंगोल नेशलन अर्गनाइजेसन, माधब सिं के.सी.ले नेपाल कम्युनिष्ट पार्टी माक्र्सवाद–लेनीनवाद, सुर्य थापाले नेकपा एमाले र होम बहादुर बुढाथोकीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय प्यूठानले जनाएको थियो । तर, यहाँ मुख्य प्रतिस्पर्धा भने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाबीच रहने सबैको मोटामोटी आँकलन भएको थियो । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार पौडेल र थापा बीचको यो भिडन्तमा कसले बाजी मार्ला भन्ने बिषयमा नै सबैको ध्यान केन्द्रित भएको थियो ।पौडेले गत निर्वाचनमा कांगे्रसका डा. गोबिन्दराज पोखरेललाई हराएकी थिईन् । उनले ४७ हजार ५ सय १४ मत पाएकी थिइन् भने पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । पोडेलले २०७० को निर्वाचनमा जनमोर्चाबाटै समानुपातिक सांसद बनेर संसदीय यात्रा सुरु गरेकी थिइन् । तर, यसपाली भने पाँच दलीय गठबन्धन भएतापनि दुर्गा पौडेललाई प्रतिनिधिसभाको निर्वाचन जितेर सिंह दरवारको संसद भवन छिर्नको लागि त्यति सरल र सहज भएन् । पौडेलका श्रीमान् अर्थात् नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह बुढेउली उमेरले गर्दा पनि यसपाली प्यूठानी मतदाताहरुसँग घर–घरमा गएर भोट माग्ने र कनभिन्स गरि जन्ता रिझाउन सक्ने अबस्था ज्यादै न्युन भयो । सैद्धान्तिक रुपमा गठबन्धन र चुनावी तालमेल जे भएपनि ब्यबहारिक रुपमा कांग्रेस, नेकपा मसाल र माओवादी वीच त्यति राम्रो पवित्र गठबन्धन भएको थिएन् । जस्का सबैे परिणाम चुनावले देखाईसकेको छ । यसपालि पनि कांगे्रसका प्रभावशाली नेता डा.पोखरेल दोहोरिन चाहेका थिए । त्यसका लागि उनले पार्टी सभापती शेर बहादुर देउवासँग अनुरोध पनि गरेका थिए । तर, देउवाले शेखर कोइराला प्यानलका नेता भएकै कारण डाक्टरलाइृ टिकट दिएनन् । माओवादीले पनि आफ्नो पार्टीको उम्मेदवार प्रतिनिधिसभाको लागि प्यूठान जिल्लाबाट प्रतिनिधित्व नभएपछि पौडेललाई भोट दिने वा नदिने भन्ने कुरामा निकै अलमल थियो ।
काङ्ग्रेसका आशा लाग्दा नेता डा. गोबिन्द पोखरेलले टिकट नपाएपछि चुनाब ढुक्कसँग मैले नै जित्छु भन्ने दाउमा सूर्य थापा थिए । कतिका लागि राजनीति पेशा भयो होला, कतिका लागि बाध्यताको विकल्प पनि भयो होला । तर, सुर्य थापाको लागि राजनीति सधैभरि आदर्श, समाज परिवर्तनको माध्यम र मुलुकलाई ठोस योगदान गर्ने अठोट र प्रतिबद्धताका साथ चुवावी प्रतिस्पर्धाको मैदानमा उत्रेका थिए । नेकपा एमालेको सबैभन्दा कान्छो पोलिटब्युरो सदस्य थापा उमेरले ४८ बर्ष पुगेका छन् । आफ्नो बेलाको उत्कृष्ट बिद्यार्थी, पढाइलेखाईको अब्बलता र बलियो तर्क शक्तिलाई उनले ब्यक्तिगत सुख सुबिधाका लागि नभएर राजनितिमा ठोस गोगदान दिने माध्यमका रुपमा प्रयोग गरेकै कारण थापा देशकै आशा लाग्दो र परिचित युवा नेताको रुपमा स्थापित भएका छन् । भन्नेहरुले सूर्य थापा असाध्यै छुचो, घमण्डी र रुखो ब्यतिm भनेर कटु आचोचना पनि गर्छन् । तर, बास्तवमा सूर्य थापा नितिगत ब्यबहारमा त्यस्तो नभएको उनका शुभ चिन्तकहरु बताउछन् । स्पष्ट बक्ता, किलिएर भिजन र जनपे्रमी नेता भएकोले पनि पार्टीबाहिर समेत थापाकां गुनगान गाउने हजारौं प्रशंसकहरु छन् ।
सामाजिक संजालहरु जस्तै फेसबुक र टुईटरमा निकै नै अपडेट हुने थापाले देशको राजनिती घटना क्रम र समय सन्दर्भका बिषयहरुलाई महत्वपुर्ण ढङ्गले उठान गरी राष्ट्रिय स्तरका पत्रपत्रिकाहरु जस्तै गोरखापत्र, कान्तिपुरमा लेखहरु लेख्ने, रेडियो तथा बिभिन्न चर्चित टेलिभिजनमा स्पष्टका साथ अन्र्तवार्ता दिने भएकोले पनि थापाले आफ्नो ब्यतिmगत चर्चा र प्रतिष्ठा बटुलेका छन् । पत्रकारिता पृष्ठभूमिबाट पार्टीको काम गरेका कारण सुर्य थापाको सार्वजनिक व्यक्तित्व सबैका सामु स्पष्ट र घाम झै छर्लङ्ग छ ।
प्रतिनिधि सभा सदस्य पदमा थापा उम्मेदवार भएपछि नेकपा एमालेको पहिलो चुनावी सभा झिमरुक गाँउपालिका १ सौतामारेबाट शुरु भएको थियो । थापाले जीवनमा ४० बर्षसम्म निरन्तर गरेको संर्घषपछि पहिलोपटक जनतासँग उम्मेदवार बन्ने हैसियत बनाएर आएको बताएका थिए । प्रतिनिधि सभा र प्रदेश सभाका सुर्य ध्वजावाहक नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन प्यूठानका ६४ वटै वडाका गाँउबस्तीमा एमालेले चुनावी सभा र मतदातासँग भेटघाटको कार्यतालिका बनाएको र सोहि अनुसार सबै वडामा चुनावी कार्यक्रम सफल र सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिएका दिएका थिए । यहि मंसीर ४ गते देशैभर कहिकतै सामान्य छुटफुट घटना वाहेक प्रतिनिधि सभाको लागि प्रत्यक्ष र समानुपातिक गरि जम्मा २७५ सिट र प्रदेश शभाको लागि ५५० सिटमा निर्बाचन भएको थियो । चुनाव मैले नै जित्छु भन्नेमा सूर्य थापा ढुक्क र बिश्वस्त भएका थिए । किन भने आफ्नो पाटी सरकारमा रहदा केपी वली प्रधानमन्त्री भएको कार्यकालमा आफू प्रधानमन्त्रीकोे प्रेस सल्लाहकार थिए । त्यहि वेला थापाले जिल्लाको बिकास र कोभिड नियन्त्रणको लागि आफूले धेरै काम गरेको बताएका थिए । अर्थ मन्त्रालयसँग समन्वय गरि कोभिडको महामारी भएको वेला प्यूठान अस्पतालमा अक्सिजन पलान्टको लागि डेड करोड बजेट पारेका थिए । प्यूठानी जन्ताको जीवन रक्षाको लागि चिनिया कम्पनी र संघसस्थालाई अनुरोध गरेर थापाले पाँचवटा भेन्टिलेटर समेत प्यूठान भित्राएका थिए । जवकी बुटवल, नेपालगञ्ज र काठमाण्डौंमा नाम चलेका अस्पतालहरुमा समेत बिरामीको उपचारको लागि भेन्टिलेटरको अभाव थियो । त्यसैगरी प्यूठानको स्वर्गद्धारीमा मोटरबाटो निर्माण गर्नको लागि अगुवाई र बजेट विनियोजन नेकपा एमालेको पहलमै सम्भव भएको र नन बजेटरी शिर्षकबाट पचहतर लाख बजेट सडक निर्माणको लागि निकासा भएको कुरा थापाले बताएका थिए । प्यूठानको भौतिक बिकास तथा निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य र सफा खानेपानी वितरणको लागि थापाले थुप्रै बजेट पारेको बताएका थिए ।
प्यूठानका ६४ वटै वडामा पुगरे त्यहाँको रहनसहन, भौगोलिक अवस्था र संस्कतिका बारेमा राम्रो जानकारी पाएका थापा तिनै मतदाताहरुको घरदैलौमा चुनाबी कार्यक्रम र प्रतिबद्धताहरु लिएर प्रस्तुत भएका थिए । जन्ताका जनगुनासा र आफू निर्वाचित भएपछि गर्नुपर्ने कामलाई टिपोट गर्दै जन्ताले दिएका सल्लाह र सुझाबहरुलाई स्पष्ट भिजनको रुपमा लिएका थिए । गएको पाँच बर्ष प्यूठानको प्रतिनिधि भएर दुर्गा पौडेललाई विजयी गराएर पठाएपछि पौड्लले जिल्लाको लागि उपलब्धिमूलक काम नगरेको थापाको आरोप थियो । पौडेलले पटकपटक अवसर पाउँदा पनि प्यूठानको लागि केहि नगरेकाले नागरिकहरु उनको विकल्प खोजिरहेको थापाले चुनावी सभामा बताउने गर्दथे । प्यूठानमा झण्डै २३ हजार तटस्थ मत भएको र त्यसलाई आकर्षित गर्न यतिवेला नागरिकहरुलाई भेट्न अपरिहार्य भएको थापाले बताएका थिए । गठबन्धन सँग थापालाई कुनै डर थिएन् । यसपालिको चुनाव मैले नै जित्छु र मलाई नै प्यूठानी जन्ताले बिजयी गराएर पठाउने छन् भन्ने कुरामा थापा बढी ढुक्क र विश्वस्त भएकै कारण सूर्य थापाले प्रतिनिधिसभाको प्रत्यक्ष सिटमा प्यूठानवाट चुनाव जितेक छन् । प्यूठानी मतदाताहरुले पनि यो पटक सूर्य थापालाई हेरौ न भनेर टेष्ट गरेका छन् । अबको यो पाँच वर्ष प्यूठानलाई कस्तो बनाउने ?, प्यूठान जिल्लाको सन्तुलित र समानान्तर विकास के कसरी गर्ने ? र समृद्ध प्यूठान सुखी प्यूठानी कसरी बनाउन सकिन्छ ? भन्ने कुराको रोड म्याप र स्पष्ट भिजन आफनो चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरिसकेकोले सोही अनुसार प्यूठानको मुहार बदल्ने र विकास गर्ने सुर्य थापाको अठोट र संकल्प छ । जेहोस् सूर्य थापालाई प्यूठानी जन्ताले संघीय सांसदको रुपमा आगामी यो ५ बर्ष अर्थात १ हजार ८ सय २५ दिनको लागि चुनेर पठाएको हुनाले प्यूठानी जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने समय सुरु भएको छ ।
संघीय सांसदमा सूर्य थापाको इन्ट्री
संघीय सांसदमा सूर्य थापाको इन्ट्री
Advertisement
तपाईको प्रतिक्रिया