वडा स्तरीय बाल सञ्जाल गठन

कामनाडेली, रुपन्देही। रुपन्देहीको देवदह नगरपालिका -८ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । भेलाबाट स्पर्श राईको अध्यक्षतामा १५ सदस्य बाल संजाल गठन भएको हो ।
संजालको उपाध्यक्षमा प्रतिज्ञा डिसुजा , सचिवमा कृतिमा थापा, कोषाध्यक्षमा स्वेता घर्ती मगर र सह सचिबमा अनिषा सारु रहेका छन ।साथै सदस्यहरुमा विपिन भण्डारी, शिवानी सेन, समिक्षा काफ्ले, मिलन श्रेष्ठ, अभ्शा वली, ज्ञानुमाया सुनार, रोशनी राना निर्वाचित भएका हुन् । वडा बाल सञ्जालको संरक्षक वडा अध्यक्ष हरि पाण्डे र सल्लाहकार वडा सचिब राम प्रसाद शर्मा रहेका छन् । कार्यक्रमका अध्यक्ष तथा देवदह नगरपालिका – ८ का वडा अध्यक्ष हरि पाण्डेले नव निर्वाचित वडा बाल संजाललाई वडा र आफ्नो व्यक्तिगत तर्फबाट बालबालिकाको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै कार्यक्रममा बोल्दै नेपाल बाल संगठन रुपन्देही जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराईले बाल सञ्जाललाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षकहरु र विद्यार्थीको उपस्थिति रहेको थियो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...