जनक पन्थ, गुल्मी – गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा एफ.एम.१०६.२ मेगाहर्जका स्टेशन म्यानेजर अनिता खत्री सम्मानित हुनुभएको छ। काठमाण्डौमा सञ्चालन भएको निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ् एसाेसियसन अफ नेपाल (वान) को १८ औं वार्षिक साधारणसभा तथा सातौं महाधिवशेनको अवसरमा स्टेशन म्यानेजर खत्री सम्मानित हुनुभएको हो ।
विगत एक दशक भन्दा लामो समय देखि पत्रकारितामा सक्रिय खत्री राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा वान स्व.चन्द्र स्मृति उत्कृष्ट रेडियो सञ्चालक\व्यवस्थापन पुरस्कारबाट २५ हजार १ रुपैयाँ पुरस्सकार राशि सहित सम्मानित हुनुभएको हो । खत्रीलाई दोसल्ला, सम्मानपत्र र पुरस्कार राशि सहित सम्मान गरिएको थियो ।
रेडियो रेसुंगाका स्टेशन म्यानेजर अनिता खत्री राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा सम्मानपत्र ग्रहण गर्दै ।
रेडियो र सञ्चार क्षेत्रको विकासको लागि पुर्याएको योगदानको कदर गर्दै ब्रोडकाष्टिङ् एसाेसियसन अफ नेपाल (वान) को १८ औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशनको अवसरमा संस्थाले खत्रीलाई सम्मान गरेकाे हो ।