कास्की। पोखरामा एनएमबि बैंकको एटीएम मेशिन फोडेर चोरी भएको छ । पोखरा २६ लेखनाथस्थित अर्घौचोकको एटिएम फोरेर रकम चोरी भएको हो ।
Advertisement
एटिएम मेशिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीका अनुसार एटिएम फोरेर चोरी गर्ने चोरको तीव्र खोजी कार्य भइरहेको छ।यसअघि पोखराबाटै एटिएम फोरेर चोरी गर्न खोज्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । एटिएम फोरेर बाकस अर्घौंचोक पछाडि विचारी चौतारीमा फालेर हिँडेको प्रहरीले जनाएको छ । चोरलाई खोज्न प्रहरी टोली खटिएको डिएसपी तिवारीले बताए ।