शिव राज खनाल,दाङ। रोल्पा जिल्लाको गंगादेव गाउँपालिका इन्जीनियर नविन डाँगी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
इन्जीनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले घुससहित शुक्रबार नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार डाँगीलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो। गंगादेव गाउँपालिका-२ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजकै निवासबाट नियन्त्रणमा लिई ईन्जिनियर नवीन माथिथप अनुसन्धान भइरहेको छ ।
Advertisement