मेगमन बुढा, दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सामुदायिक बनमा विभिन्न जातका बिरुवा वृक्षारोपण गरेको छ। संस्थाले लमही नगरपालिका – ५ मा रहेको चप्पर खोला प्रगतिशिल सामुदायिक वन क्षेत्रमा ५ हजार बिरुवा रोपण गरेको हो ।
डिभिजन वन कार्यालय लमहीको सहयोगमा सामुदायिक वनको साढे ३ हेक्टर नाङ्गो जमिनमा सिसौं,खयर,सागुन लगायतका बिरुवा रोपिएको लमही खानेपानी संस्थाले जनाएको छ।
सोमबार बिरुवा रोपण कार्यक्रममा बोल्दै लमही नगरपालिकाका मेयर जोगराज चौधरीले बाेटबिरुवाबाट प्राणी जगतमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयाे । त्यस्तै देउखुरी डिभिजन वन कार्यालय दाङ (देउखुरी)का डिभिजनल वन अधिकृत राजु क्षेत्रीले प्राविधिक कुराहरु ध्यान दिएर बिरुवा रोप्नु पर्ने बताउनु भयो । यस्तै उहाँले प्रमुख कुराहरु खाड्ल कसरी खन्ने,बिरुवालाई छोपिएका पलास्टिक कसरी हटाएर मात्र बिरुवा रोप्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै बिरुवा राेप्ने काम र यसकाे बास्तबिक महत्त्व बुझेर संरक्षण तथा सम्बर्द्धन गर्न सकेमा मात्र यसकाे अर्थ र अैाचित्य साबित हुने प्रमुख डिभिजनल अधिकृत क्षेत्रीले बताउनु भयाे ।
यसैगरी लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले रोपिएको बिरुवाहरुलाई हुर्काउन यसको संरक्षण र संवर्धनको लागि निरन्तर लागि पर्ने बताउनु भयो ।
लमही खानेपानीद्वारा सामुदायिक वनमा वृक्षारोपण
लमही खानेपानीद्वारा सामुदायिक वनमा वृक्षारोपण
![](https://kamanadaily.com/wp-content/uploads/2022/07/received_378088394311367-1.jpeg)
Advertisement
तपाईको प्रतिक्रिया