गुल्मीमा बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

जनक पन्थ, गुल्मी । गुल्मीमा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई जवरजस्ती करणी गरेको अरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले बताए ।
नाताले आफनै भाइ बुहारी पर्ने १९ वर्षकी महिलालाई किटेनी भन्ने स्थित गोठमा जवरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए । पक्राउ परेका आरोपित पुरुषमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...