दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं–२ का २७ वर्षीय गोविन्द रेग्मी रहेका छन् ।
Advertisement
आज (विहिबार) विहान ४ बजे घोराहीबाट रामपुरतर्फ जाँदै गर्दा उनी सवार रा ४ प ७२११ नम्बरको मोटरसाइकल घोराही–४ सुनपुरमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झवीन्द्र परियारले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।