माधव खनाल, भालुवाङ। अनलाईन पत्रकारितालाई जिम्मेवार सन्चारकाे माध्यमकाे रुपमा विकासमा ध्यान दिनु आवस्यक रहेकाे दाङको भालुवाङ्गमा आयाेजित कार्यक्रममा बोल्ने बक्ताहरुले जाेड दिएका छन ।
बुधबार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ्गमा आन्तरिक मामिला तथा सन्चार मन्त्रालयकाे आयाेजना र नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेशकाे समन्वयमा शुरु भएकाे चार दिने अनलाईन पत्रकारिता तालिममा बाेल्दै नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य शुसिल पाेख्रेलले अनलाईन मिडिया आजकाे आवस्यकता भएकाे तर जिम्मेवार हुन नसकेको बताउँदै अनलाईन मिडियालाई जिम्मेवार र विश्वसनिय बनाउने काममा महासँघ लागेकाे बताउनु भयाे ।
तालिमको उदघाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रशिक्षक रविराज बरालले अनलाईनमा के लेख्ने र कसका लागि लेख्ने याे मुद्दा प्रमुख रहेकाले मुलत समुदाय केन्द्रित समाचारहरुलाई प्राथमिक्ता दिन अनलाईन पत्रकारहरुलाई आग्रह गर्नु भयाे ।
चार दिन सम्म सन्चालन हुने तालिममा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका पत्रकारहरु सहभागी रहेको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले बताउनुभयो।