• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

धुर्कोटमा विकासको खाका बोकेर महेन्द्र भण्डारी चुनावी मैदानमा


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सो गाउँपालिकामा नेपाली कांग्रेस र एकीकृत सामाजवादी बिच चुनावी गठबन्धन भएको छ ।
    नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच चुनावी तालमेल गरेका छन् । सत्तापक्षका दलहरु बिच जिल्ला भर चुनावी गठबन्ध गर्ने भनिएपनि धुर्कोट गाउँपालिकामा भने फरक दल बिच गठबन्धन गरेर प्रतिस्पर्धामा छन् ।
    ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर निर्वाचनमा गएका थिए । नेकपा एमाले एक्लै उम्मेदवार उठाएको थियो ।
    त्यस निर्वाचनमा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्षमा निर्वाचित भएको थियो । तर यसपटक फरक खालको गठबन्धन भएको छ ।
    जिल्लाका अन्य स्थानीय तहमा माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर उम्मेदवार उठाएका छन् । धुर्कोट भने फरक गठबन्धन भएको छ ।
    यस गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस बलिया शक्ती हुन् । धुर्कोटमा ०७४ सालको मतअनुसार तीनवटा पार्टी एक्ला एक्लै निर्वाचनमा गए नेकपा एमाले पहिलो शक्तीका रुपमा देखिन्छ ।
    नेपाली कांग्रेस दोस्रो शक्ती र तेस्रोमा माओवादी केन्द्र देखिन्छ । यस गाउँपालिकमा गरिएको गठबन्धन अनुसार नेकपा एमाले यसपटक पनि अध्यक्ष पदमा नआउने भएको छ ।
    जसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वतनमान गाउँपालिका अध्यक्ष भुपाल पोखरेल पुनःअध्यक्ष पदका उम्मेदवार बनेका छन् भने एकीकृत सामाजवादी र नेपाली कांग्रेस बिच तालमेल अनुसार नेपाली कांग्रेसका महेन्द्र भण्डारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
    उपाध्यक्ष पदमा नेकपा एमालेबाट सीता गिरी र एकीकृत सामाजवादीबाट चन्द्रबहादुर सुनार उपाध्यक्ष पदका उम्मेदवार हुन् । यसपटक नेपाली कांग्रेस अध्यक्ष पद आफनै कोल्टामा ल्याउने दाउमा रहेको छ भने माओवादी केन्द्रले पनि पुन अध्यक्ष पद जित्नै पर्नेछ ।
    उपाध्यक्ष पद पाएको नेकपा एमालेलाई भने प्रमुख पद नपाएपछि त्यति उत्साह छैन् । आफ्नो पकट क्षेत्र रहेको एमालेले प्रमुख पद अर्कैलाई दिने गरिएको सम्झौताले पनि अघिल्लो निर्वाचनमा जस्तो उत्साह एमालेलाई छैन् ।
    अघिल्लो निर्वाचनमा कांग्रेससँग मिलेर एमालेका उम्मेदवार पराजित गराएको पार्टी नेकपा माओवादीसँग मिल्दा पनि मतका आधारमा घाटा भएको आँकलन उनिहरुको रहेको छ । निर्वाचनको मिति नजिकीएसँगै उम्मेदवारहरु आफना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा व्यस्त छन् ।
    गठबन्धन गरेर बलिया बनेका उम्मेदवारहरुले मत तान्न आफना लोकप्रिय ऐजेन्डाहरु मतदाता समक्षा प्रस्तुत गरेका छन् ।
    नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र भण्डारीका संकल्प
    स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी महेन्द्र भण्डारी धुर्कोट गाउँपालिका वडानम्बर–५ निवासी हुन् । २०२५ साल असार २५ गते जन्मेका भण्डारीले २०३६ साला नेपाल बिद्यार्थी संघ गुल्मीको सदस्यता लिएका थिए ।
    सानैदेखि नेपाली कांग्रेसमा आस्था बोकेर हिडेका भण्डारी २०४० सालमा उसएलसी दिएर नेपाल बिद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य बनेका थिए । २०४१ सालमा स्वबियू सभापति बनेका भण्डारी नेपाल बिद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष समेत बनेका थिए ।
    २०५२ सालदेखि पटक–पटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी बनेका थिए । उनि हाल पनि महाधिवेशन प्रतिनिधी हुन् ।
    बालकदेखि बृद्धसम्म लोकप्रिय भण्डारी विकास प्रेमी नेताको रुपमा पनि परिचित छन् । भण्डारीले आफु निर्वाचित भएपछि गाउँपालिकामा न्याय, सुशासन र विकासको अनुभूति दिलाउने संकल्प गरेका छन् ।
    शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरूलाई, अडाउनेछौं धुर्कोट गाउँपालिका छोडेर बसाईसराईको जमर्को गरेका गाउँवासीहरूलाई विकास, अवसर र स्थायित्वका आधारहरू तय गर्ने लक्ष्य उनले अगाडी सारेका छन् । ढिलासुस्ती र भ्रष्टाचारको अन्त र समानता स्वतन्त्रता, स्वराजको अनुभूति दिलाउने उनको अठोट रहेको छ ।
    सुन्दर, शान्त, समृद्ध र समुन्नत धुर्कोट गाउँपालिका बनाउने भण्डारीको योजना रहेको छ । धुर्कोटमा शैक्षिक केन्द्रको रुपमा विकास गर्न पालिकाका कार्यक्रमहरू मध्ये सबैभन्दा उच्च प्राथमिकता दिने उनको घोषणा पत्रमा उल्लेख छ ।
    स्वास्थ्य केन्द्रहरूमा चिकित्सक सेवा, आवश्यक यन्त्र उपकरण तथा जनशक्तिको व्यवस्थापनमा सहयोग पुर्याइनेछ संकल्प गरेका छन् । शारीरिक रुपमा अशक्त र ७० बर्ष भन्दा माथिका नगरबासीहरूको घरमै पुगी आवधिक रुपमा नियमित स्वास्थ्य परीक्षण, परामर्श र आधारभूत स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गरिने भण्डारीले बताए ।
    छल्दीखोला–विचित्र गुफाको पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै नीजि क्षेत्रसँग साझेदारी गरी पर्यटकीय ड्याम निर्माण गरिने भण्डारीले संकल्प गरेका छन् । लुम्बिनी–पाल्पा–रिडी–रेसुङ्गा–विचित्रगुफा–कंकेदेउराली–अस्कुना–स्वर्गद्वारी धार्मिक मार्गको प्रवर्द्धन गरिने अर्को महत्वपूर्ण संकल्प गरेका छन् ।
    लुम्बिनी–पाल्पा–रानीमहल–रिडी–रेसुङ्गा–विचित्रगुफा–ओखलढुङ्गा–सन्धिखर्क–सुपादेउराली–तिलौराकोट धार्मिक मार्गको प्रवर्द्धन गरिने लक्ष्य भण्डारीको छ । माटो सुहाउँदो कृषिलाई प्राथमिकता दिदै नयाँगाउँ–पिपलधारा–धनमुढा–हाडहाडे क्षेत्रलाई सुन्तला÷कागती जोनको रुपमा विकसित गरिनेछ र उत्पादनको बजारीकरणका लागि सहजीकरण गरिने भण्डारीले बताए ।
    बाँदर आतङ्क कम गर्न विशेष कार्यक्रम संचालन गरिने भण्डारीको चुनावी ऐजेन्डा रहेको छ । किवी, एभोकार्डो, ड्रागन, स्ट्रबेरीजस्ता नयाँ प्रजातीका फलफूलहरूको उत्पादन र बजारीकरणमा जोड दिइने एजेन्डा ल्याएका छन् ।
    ‘एक घर–एक धारा’ कार्यक्रमलाई सम्पन्न गरी सुलभ दरमा खानेपानी वितरण गरिने भण्डारीको चुनावी अर्को ऐजेन्डा रहेको छ । ‘सफा र स्वच्छֹ’ गाउँ अभियान संञ्चालन गर्ने लक्ष्या लिएका छन् ।
    पालिका क्षेत्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने अन्य महत्वपूर्ण सडकहरूको स्तरोन्नति तथा नाली निर्माण गरिने चुनावी ऐजेन्डा भण्डारीका छन् । समाजमा विद्यमान रहेको जातीय छुवाछुत कुप्रथा अन्त्यको लागि जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिने उदेश्यले लिएका छन् ।
    जोखिममा रहेका समुहहरूको संरक्षण (वृद्ध, महिला, अशक्त, सिमान्तकृत) का कार्यक्रमहरू सञ्चालन गरिने भण्डारीले बताए । सात रङ्गहरूको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, उर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं यस सङ्कल्प–पत्रमा समाविष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधारभित्र सङ्कल्पित सपनाहरु गाउँपालिकावासीहरूको सद्भाव, माया र रोजाईले अक्षरसः पूर्ण हुने कुरामा विश्वस्त हुँदै कार्यान्वयनको प्रतिवद्धता अध्यक्ष पदका उम्मेदवार भण्डारीले गरे ।

    Advertisement

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation