• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

धुर्कोटमा विकासको खाका बोकेर महेन्द्र भण्डारी चुनावी मैदानमा


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सो गाउँपालिकामा नेपाली कांग्रेस र एकीकृत सामाजवादी बिच चुनावी गठबन्धन भएको छ ।
    नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच चुनावी तालमेल गरेका छन् । सत्तापक्षका दलहरु बिच जिल्ला भर चुनावी गठबन्ध गर्ने भनिएपनि धुर्कोट गाउँपालिकामा भने फरक दल बिच गठबन्धन गरेर प्रतिस्पर्धामा छन् ।
    ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर निर्वाचनमा गएका थिए । नेकपा एमाले एक्लै उम्मेदवार उठाएको थियो ।
    त्यस निर्वाचनमा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्षमा निर्वाचित भएको थियो । तर यसपटक फरक खालको गठबन्धन भएको छ ।
    जिल्लाका अन्य स्थानीय तहमा माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर उम्मेदवार उठाएका छन् । धुर्कोट भने फरक गठबन्धन भएको छ ।
    यस गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस बलिया शक्ती हुन् । धुर्कोटमा ०७४ सालको मतअनुसार तीनवटा पार्टी एक्ला एक्लै निर्वाचनमा गए नेकपा एमाले पहिलो शक्तीका रुपमा देखिन्छ ।
    नेपाली कांग्रेस दोस्रो शक्ती र तेस्रोमा माओवादी केन्द्र देखिन्छ । यस गाउँपालिकमा गरिएको गठबन्धन अनुसार नेकपा एमाले यसपटक पनि अध्यक्ष पदमा नआउने भएको छ ।
    जसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वतनमान गाउँपालिका अध्यक्ष भुपाल पोखरेल पुनःअध्यक्ष पदका उम्मेदवार बनेका छन् भने एकीकृत सामाजवादी र नेपाली कांग्रेस बिच तालमेल अनुसार नेपाली कांग्रेसका महेन्द्र भण्डारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
    उपाध्यक्ष पदमा नेकपा एमालेबाट सीता गिरी र एकीकृत सामाजवादीबाट चन्द्रबहादुर सुनार उपाध्यक्ष पदका उम्मेदवार हुन् । यसपटक नेपाली कांग्रेस अध्यक्ष पद आफनै कोल्टामा ल्याउने दाउमा रहेको छ भने माओवादी केन्द्रले पनि पुन अध्यक्ष पद जित्नै पर्नेछ ।
    उपाध्यक्ष पद पाएको नेकपा एमालेलाई भने प्रमुख पद नपाएपछि त्यति उत्साह छैन् । आफ्नो पकट क्षेत्र रहेको एमालेले प्रमुख पद अर्कैलाई दिने गरिएको सम्झौताले पनि अघिल्लो निर्वाचनमा जस्तो उत्साह एमालेलाई छैन् ।
    अघिल्लो निर्वाचनमा कांग्रेससँग मिलेर एमालेका उम्मेदवार पराजित गराएको पार्टी नेकपा माओवादीसँग मिल्दा पनि मतका आधारमा घाटा भएको आँकलन उनिहरुको रहेको छ । निर्वाचनको मिति नजिकीएसँगै उम्मेदवारहरु आफना प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा व्यस्त छन् ।
    गठबन्धन गरेर बलिया बनेका उम्मेदवारहरुले मत तान्न आफना लोकप्रिय ऐजेन्डाहरु मतदाता समक्षा प्रस्तुत गरेका छन् ।
    नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र भण्डारीका संकल्प
    स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी महेन्द्र भण्डारी धुर्कोट गाउँपालिका वडानम्बर–५ निवासी हुन् । २०२५ साल असार २५ गते जन्मेका भण्डारीले २०३६ साला नेपाल बिद्यार्थी संघ गुल्मीको सदस्यता लिएका थिए ।
    सानैदेखि नेपाली कांग्रेसमा आस्था बोकेर हिडेका भण्डारी २०४० सालमा उसएलसी दिएर नेपाल बिद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य बनेका थिए । २०४१ सालमा स्वबियू सभापति बनेका भण्डारी नेपाल बिद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष समेत बनेका थिए ।
    २०५२ सालदेखि पटक–पटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी बनेका थिए । उनि हाल पनि महाधिवेशन प्रतिनिधी हुन् ।
    बालकदेखि बृद्धसम्म लोकप्रिय भण्डारी विकास प्रेमी नेताको रुपमा पनि परिचित छन् । भण्डारीले आफु निर्वाचित भएपछि गाउँपालिकामा न्याय, सुशासन र विकासको अनुभूति दिलाउने संकल्प गरेका छन् ।
    शहरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर झरेकाहरूलाई, अडाउनेछौं धुर्कोट गाउँपालिका छोडेर बसाईसराईको जमर्को गरेका गाउँवासीहरूलाई विकास, अवसर र स्थायित्वका आधारहरू तय गर्ने लक्ष्य उनले अगाडी सारेका छन् । ढिलासुस्ती र भ्रष्टाचारको अन्त र समानता स्वतन्त्रता, स्वराजको अनुभूति दिलाउने उनको अठोट रहेको छ ।
    सुन्दर, शान्त, समृद्ध र समुन्नत धुर्कोट गाउँपालिका बनाउने भण्डारीको योजना रहेको छ । धुर्कोटमा शैक्षिक केन्द्रको रुपमा विकास गर्न पालिकाका कार्यक्रमहरू मध्ये सबैभन्दा उच्च प्राथमिकता दिने उनको घोषणा पत्रमा उल्लेख छ ।
    स्वास्थ्य केन्द्रहरूमा चिकित्सक सेवा, आवश्यक यन्त्र उपकरण तथा जनशक्तिको व्यवस्थापनमा सहयोग पुर्याइनेछ संकल्प गरेका छन् । शारीरिक रुपमा अशक्त र ७० बर्ष भन्दा माथिका नगरबासीहरूको घरमै पुगी आवधिक रुपमा नियमित स्वास्थ्य परीक्षण, परामर्श र आधारभूत स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गरिने भण्डारीले बताए ।
    छल्दीखोला–विचित्र गुफाको पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै नीजि क्षेत्रसँग साझेदारी गरी पर्यटकीय ड्याम निर्माण गरिने भण्डारीले संकल्प गरेका छन् । लुम्बिनी–पाल्पा–रिडी–रेसुङ्गा–विचित्रगुफा–कंकेदेउराली–अस्कुना–स्वर्गद्वारी धार्मिक मार्गको प्रवर्द्धन गरिने अर्को महत्वपूर्ण संकल्प गरेका छन् ।
    लुम्बिनी–पाल्पा–रानीमहल–रिडी–रेसुङ्गा–विचित्रगुफा–ओखलढुङ्गा–सन्धिखर्क–सुपादेउराली–तिलौराकोट धार्मिक मार्गको प्रवर्द्धन गरिने लक्ष्य भण्डारीको छ । माटो सुहाउँदो कृषिलाई प्राथमिकता दिदै नयाँगाउँ–पिपलधारा–धनमुढा–हाडहाडे क्षेत्रलाई सुन्तला÷कागती जोनको रुपमा विकसित गरिनेछ र उत्पादनको बजारीकरणका लागि सहजीकरण गरिने भण्डारीले बताए ।
    बाँदर आतङ्क कम गर्न विशेष कार्यक्रम संचालन गरिने भण्डारीको चुनावी ऐजेन्डा रहेको छ । किवी, एभोकार्डो, ड्रागन, स्ट्रबेरीजस्ता नयाँ प्रजातीका फलफूलहरूको उत्पादन र बजारीकरणमा जोड दिइने एजेन्डा ल्याएका छन् ।
    ‘एक घर–एक धारा’ कार्यक्रमलाई सम्पन्न गरी सुलभ दरमा खानेपानी वितरण गरिने भण्डारीको चुनावी अर्को ऐजेन्डा रहेको छ । ‘सफा र स्वच्छֹ’ गाउँ अभियान संञ्चालन गर्ने लक्ष्या लिएका छन् ।
    पालिका क्षेत्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने अन्य महत्वपूर्ण सडकहरूको स्तरोन्नति तथा नाली निर्माण गरिने चुनावी ऐजेन्डा भण्डारीका छन् । समाजमा विद्यमान रहेको जातीय छुवाछुत कुप्रथा अन्त्यको लागि जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिने उदेश्यले लिएका छन् ।
    जोखिममा रहेका समुहहरूको संरक्षण (वृद्ध, महिला, अशक्त, सिमान्तकृत) का कार्यक्रमहरू सञ्चालन गरिने भण्डारीले बताए । सात रङ्गहरूको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, उर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं यस सङ्कल्प–पत्रमा समाविष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधारभित्र सङ्कल्पित सपनाहरु गाउँपालिकावासीहरूको सद्भाव, माया र रोजाईले अक्षरसः पूर्ण हुने कुरामा विश्वस्त हुँदै कार्यान्वयनको प्रतिवद्धता अध्यक्ष पदका उम्मेदवार भण्डारीले गरे ।

    Advertisement

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation