प्युठान। आसन्न स्थानीय तहको निर्वाचनमा प्युठानका तीन जना पत्रकार चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
पत्रकार महासंघका पूर्व अध्यक्ष महावीर राना, पूर्व उपाध्यक्ष प्रमोद पोख्रेल, पूर्व सह-सचिव नोमराज पौडेल चुनावी प्रतिस्पर्धामा छन । राना गौमुखी गाउँपालिकाको उपाध्यक्ष, पोख्रेल झिमरुक गाउँपालिकाको उपाध्यक्ष र पौडेल मल्लरानी गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षको उम्मेदवार बनेका हुन ।
२०७४ को स्थानिय चुनाबमा समेत पोख्रेल पालिका अध्यक्ष र पौडेल वडाअध्यक्ष पदमा प्रतिस्पर्धा गरेपनि पराजीत भएका थिए ।
महासङ्घले सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आह्वान गरिसकेको छ।
आसन्न स्थानीय चुनावमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासंघका प्युठान अध्यक्ष संजय रिजालले आह्वान गरे।
चुनावमा उम्मेदवार बनेका पत्रकारहरुले साधारण सदस्यबाट राजीनामा दिएको जानकारी आफुलाई नभएको पत्रकार महासंघ प्युठानका अध्यक्ष संजय रिजालले बताए ।
सोमबार मनोनयन दर्ता पछि उनिहरुले चुनावी गतिविधी झन बढाएका छन।