कामनाडेली, प्युठान। प्युठानको स्वर्गद्वारीमा सत्तारुढ गठबन्धनले भागबण्डा टुङ्ग्याएका छन्।
Advertisement
भिङ्गीमा आईतबार बसेको गठबन्धन दलको बैठकले स्वर्गद्वारी नगरपालिकाको प्रमुख उपप्रमुख सहित ९ वडाको भागबण्डा टुङ्ग्याएको हो।
सत्ता गठबन्धनले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै नगर देखि वडा तह सम्म नै चुनावी तालमेलका लागि भागबण्डा टुङ्गो लगाईएको जानकारी दिएका छन।
बिज्ञप्ती अनुसार कांग्रेसको भागमा नगरप्रमुख सहित ३ वटा वडा र राष्ट्रीय जनमोर्चालाई नगर उप-प्रमुख सहित ४ वटा वडा दिने सहमती भएको छ। त्यस्तै, नेकपा माओवादी केन्द्रले २ वटा वडा लिने सहमति भएको बिज्ञप्तीमा उल्लेख छ। त्यस्तै जिल्लाको सरुमारानी र माण्डवि गाउपालिकामा पनि गठबन्धनको बैठक बसिरहेको छ।