कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष शंकर अहिर सहित २०५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन।
नेपाली काङ्ग्रेस शिवराज नगरपालिका वडा न. ८ वडा कार्य समिति विसनपुरले आयोजना गरेको बृहत आम भेला तथा पार्टी प्रवेश कार्यक्रममा वडा अध्यक्ष अहिर, वडा सदस्यहरु, झिनकन पासी, पुस्पावती पासी,प्रभावती पासी लगाएत विभिन्न पार्टी परित्याग गरि २०५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
२०७४ सालको स्थानिय निर्वाचनमा संघिय समाजबादी फोरमबाट वडा अध्यक्ष बनेका अहिरलाई नेपाली कांगे्रसका युवा नेता प्रतिनिधी सभा सदस्य अभिषेक प्रताव शाह, जिल्ला सचिव प्रेम बहादुर रायमाझी लगाएत कांगे्रस नेताहरुले पार्टी प्रवेश गराउनु भएको हो ।
नव प्रवेशिलाई पार्टि सदस्यता प्रदान गर्दै सांसद शाहले कांग्रेसमा स्वागत गर्नुभएको छ । शाहले वडा अध्यक्ष अहिर नेपाली कांग्रेसमा प्रवेशले शिवराजमा कांग्रेस थप वलियो भएको विश्वास व्यत्त गर्नुभएको छ । शाहले आउदो स्थानिय तहको चुनावमा शिवराजलाई कांग्रेसमय बनाउनका लागी गुट उपगुटको पछि नलागी पार्टीको निर्देशन अनुसार चल्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।अहिरले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताउनुभएको छ ।