शोभाखर पन्थी,अर्घाखाँची। भगवती माध्यमिक विद्यालय कुर,शेखेटारीको आयोजनामा हेमनाथ भुसाल स्मृति हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा आयोजित सन्धिखर्क नगरपालिका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय चुत्रावेसी प्रथम,भगवती माध्यमिक विद्यालय कुर,शंखेटारी द्वितीय ,युवाबर्ष जनता रविचित्र माध्यमिक विद्यालय हटारी नेता तृतीय र ज्ञानप्रकाश मा.बि.सल्लिकोट सान्त्वना भएका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका वडा नं. २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले शिक्षाक्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनुभयो । उहाँले अहिलेको आबस्यकता बैज्ञानिक र जनवादी शिक्षा भएको भन्दै पुरानो शिक्षा प्रणाली मुलुकको निम्ति बाधक रहेको बताउनुभयो ।
नगर शिक्षा अधिकारी मञ्जु आचार्यले शैक्षिक गुणस्तर बृद्धिको निम्ति सबैपक्ष चनाखो हुनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा लगानी भएअनुसार प्रगति हासिल हुन नसकेको उहाँको भनाइ थियोे ।
वामपन्थी आन्दोनका अथक योद्धा स्वर्गीय हेमनाथ भुसाल जिल्लाको अग्रज समाजसेवी र प्रभावसाली नेता हुनुहुन्थ्यो ।
हेमनाथ स्मृति हाजिरी जवाफमा जनज्योती प्रथम
हेमनाथ स्मृति हाजिरी जवाफमा जनज्योती प्रथम
Advertisement
तपाईको प्रतिक्रिया