अनुज पछाई, प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले फागु पर्व होलीमा जवरजस्ती लोला हान्ने र रङ छ्याप्नेलाई कारबाहि हुने भएको छ।
कार्यालयले मंगलबार सुचना जारी गरेर जवरजस्ती लोला हान्ने, रङ छ्याप्ने, रङ दल्नेलाई पक्राउ गरि कानुन बमोजिम कारवाही गर्ने बताएको हो ।
होलीलाई मर्यादित बनाउन र आपराधिक गतिविधि हुन नदिन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
यस्तै, प्रहरी कार्यालयले बालबालिकाहरु बाटो, छत लगायत स्थानमा असुरक्षित तवरले होली खेल्ने हुँदा दुर्घटना निम्तने भन्दै बालबालिकाहरुलाई सुरक्षित राख्न आग्रह गरेको छ ।
त्यसैगरि होली पर्वका नाममा चन्दा संकलन गर्ने र नचिनिने गरि रङ लगाउने, मदिरा सेवन गरी सवारी चलाऊने, बसको छतमा यात्रा गर्ने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जना भन्दा बढि बस्नेलाई समेत नियन्त्रणमा लिई कारवाही गर्ने प्रहरीले जनाएको छ।