• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

रुपन्देहीको गैडहवामा बाल विवाह अन्त्य गर्न बालिका बिमा


  •   शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
  • भैरहवा । विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि पश्चिम तराईका जिल्लामा बालविवाहको समस्या भयावह छ । दाईजो, उपयुक्त वर, पारिवारिक कलह आदिका कारण रुपन्देहीमा पनि २० वर्ष उमेर पुग्नु अगावै विवाह गरिदिने गरिएको छ । यस्तै समस्या मध्येको एक हो रुपन्देहीको गैडहवा गाउँपालिका ।

    Advertisement

    बालविवाहको कारण बालिकाहरुको अध्ययन प्रभावित हुनुको साथै अपरिपक्व उमेरमै उनिहरुको विवाह हुने गरेको कारण गैडहवा गाउँपालिकाले यसको समाधानको लागि पहल गरेको छ । गाउँपालिकाले बालविवाह बारे जनचेतना फैलाउने काम मात्र गरेन भविष्यमा यो समस्या आउन नदिन जन्मिने बित्तिकै बालिकाहरुको बीमा गरिदिने गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर यसको ब्यवस्थापन गर्ने गरेको छ ।

    कार्यविधि अनुसार, बालिका जन्मेको ३५ दिन वा सो आर्थिक वर्षभित्र जन्मदर्ता गरी अभिभावकले वडा कार्यालयमा बीमाका लागि निवेदन दिनुपर्छ । वडा कार्यालयले सिफारिश गरेपछि गाउँपालिकाले तोकेको संस्थामा खाता खोलिदिन्छ । बालिका २० वर्ष पुगेपछि साँवा(ब्याजसहित झण्डै ३ लाख ८० हजार रुपैया निकाल्न मिल्छ । बालिकाको २० वर्षअघि बिहे भयो भने बीमा रकम पाइँदैन । प्रारम्भिक कक्षा पढ्न नपठाए पनि त्यस्ताको बीमा रोकिने प्रावधान रहेको छ। “बेटी बचाउ, बेटी पढाउ” अभियान अन्र्तगत स्थानिय तहको निर्वाचन जिते लगत्तै बालिका बिमाको सुरुवात गरिएको गैंडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । उनले बालविवाह अन्त्य गर्नु नै यस कार्यक्रमको मूख्य उद्देश्य रहेको बताए ।

    कार्यक्रम अन्तरगत बालिकाका अभिभावक कार्यविधिले तोके बमोजिमको कागजात सहित गाउँपालिकामा सम्पर्क गर्नु पर्ने र यसरी आएको निवेदनमा गाउँपालिकाले २० हजार र सम्बन्धित अभिभावकले ५ हजार ५ सय रुपैया जम्मा गर्नु पर्ने प्रावधान रहेको छ । अति विपन्न नागरिकको हकमा भने अभिभावकले जम्मा गर्नु पर्ने रकम गाउँपालिकाले नै जोहो गर्ने गरेको छ । कार्यक्रमले बालविवाह मात्र नभई मातृ(शिशु मृत्युदर, भ्रुण हत्या लगायत समेत अन्त्य गर्ने गाउँपालिकाको भनाई छ ।

    बालिका बीमाको लागी गाउँपालिकाले प्रत्येक बर्ष बजेट बिनियोजन गर्ने गरेको छ । गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले २०७५ साउन १ गते देखी यो कार्यक्रम लागु भएको जनाए । कार्यक्रम सुरु भएको आर्थिक बर्ष २०७५र०७६ मा २१ जना, आर्थिक बर्ष २०७६र०७७ मा ६७ जना र २०७७र०७८ मा ७५ जना गरि १ सय ६३ जना बालिकाहरुको बिमा गरि सकिएको छ । यस्तै चालु आर्थिक बर्षको पहिला चौमासिकमा ६८ जना बालिकाहरुको बिमाको लागी लेखा शाखामा फाईल पठाएको उनले जनाए । गाउँपालिकाको यो प्रयासको स्थानियहरुले पनि साथ दिएका छन् । गाउँपालिकाले नै बीमा बापत २० हजार दिने भएपछि अभिभावकहरू पनि खुशी देखिएका छन । गैडहवा–३ का स्थानिय अजय कुमार सहानीले छोरीको विवाहको लागी गाउँपालिकाले पहिलेनै ब्यवस्था गरि दिएकोमा खुशी ब्यक्त गरे ।

    शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation