• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा


  •   आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । नेपाल टेलिकमले पर्यटकिय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालनमा ल्याएको छ ।

    Advertisement

    वि.सं २०७५ वैशाखमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबार देखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

    उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधी सहितको उपकरण जडान गरि उच्च गतिको ईन्टरनेट (मोवाईल डाटा) र गुणस्तरिय एचडी कल सुविधाको भिओ एलटिई सहितको फोरजी सेवा सञ्चालनमा ल्याईएको बताए । शर्माले भनें “भौगोलिक विकटता र दुरदराजमा रहेका नागरिक अनि त्यहाँ पुग्ने पर्यटकलाई लक्षित गरि यो सेवा शुभारम्भ गरेका हौं यसबाट स्थानियबासी र त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु लाभान्वित हुनेछन” ।

    यस भन्दा पहिला उक्त टावरमा विद्युत नहुँदा सोलार सेट मार्फत टावर सञ्चालनमा थियो जसका कारण हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या थियो अब भनें विद्युत जडान भए सँगै उक्त समस्या हटेको छ । ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजना सँगको समन्वय, जनप्रतिनिधी, त्यहाँ रहेको नेपाली सेना र स्थानियबासीको सहयोगमा नेपाने डाँडामा विद्युत सेवा पुराईएको छ । विद्युत पुराउन टेलिकमले समेत बजेट व्यवस्थापन गरेको थियो ।

    बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरि आफनो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।

    फोरजी सेवा सञ्चालनमा आए सँगै ढोरपाटन नगरपालिका वडा नं ९ का फल्लेघर, पाखाथर,
    छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुना बहादुर घर्ती मगरले जानकारी दिए ।

    समुन्द्र सतह देखि ३ हजार २ सय मिटरको उचाईमा अवस्थित पर्यटकिय स्थल ढोरपाटन उपत्यकामा मोवाईल सेवा सञ्चालनको लागि ढोरपाटन नगरपालिका वडा नं ८ को बोबाङमा रिपिटर स्टेशन राखी माईक्रोवेभ रेडियो लिङ्क मार्फत सेवा सञ्चालन गरिएको छ ।

    अब कपिलवस्तु सालझण्डी देखि ढोरपाटन सम्मको सडक अन्तर्गत बोबाङ देखि ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्ष सम्मका भु-भागमा मोवाईल सेवा पुगेको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीले बताए ।

    यस अघि टेलिकमले उक्त स्थानमा विसं २०६३ देखि पुरानो भिस्याट प्रविधि प्रयोग गरि तार लाईन टेलिफोन, क्रमश सिडिएमए सेवा र जिएसएम टुजी सेवा सञ्चालन गरेको थियो । भिस्याट प्रविधिमा भ्वाईसमा सिमित क्षमता र डाटा चलाउन नमिल्ने भएकोले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन ।

    भौगोलिक विकटता विविध कठिनाईका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले ढोरपाटन उपत्यकामा जिएसएम मोवाईल सेवालाई स्तरोन्नती र विद्युतीकरण गर्न एक वर्ष देखि गृहकार्य गरिरहेको थियो ।

    फोरजी मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय भ्वाईस तथा मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपुर्ण ठाउ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकाबासीले यस क्षेत्रको प्रचार प्रसार र सुचना आदान प्रदानको निमित्त मोवाईल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।

    आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी
    ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation