अनुज पछाई , प्यूठान । प्यूठानमा मोटरसाईकलको ठक्करबाट घाईते भएका एकजना पैदलयात्रीको मृत्यु भएको छ।
प्यूठान नगरपालिका ७ पूण्यखोलाका ५५ बर्षिया रण बहादुर घर्तीको उपचारका लागी बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता तथा प्रहरी निरीक्षक देबी प्रसाद गैरेले जानकारी दिए । शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नंबरको मोटरसाइलले ठक्कर दिदा घर्ती गम्भिर घाईते भएका थिए। प्रहरी निरीक्षक गैरेका अनुसार ठक्कर दिने मोटर साइकललाई नियन्त्रणमा लिइएको छ । चालक भने फरार छन।
घटनापछि मृतकका आफन्तले स्वर्गद्धारी क्याम्पस अगाडी चक्काजाम समेत गरेका छन ।
Advertisement