अनुज पछाई , प्यूठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले चालकसँग ट्राफिक प्रहरी अभियान शुरु गरेको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले अभियान थालेको हो।बिहिबार प्यूठानका देविस्थान , विजुवार र बाग्दुलामा ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख मधु थापाले जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चालकलाई ट्राफिक संकेत, लेन अनुशासन, जथाभावी पार्किङ लगायत ट्राफिक नियम र कानुनी कार्वाही बारेमा सचेतनामूलक जानकारी दिएको बताए।
Advertisement