तुलसीपुर। दाङमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । तुलसीपुर-घोराही सडक खण्ड स्थित आइतबार बेलुका भएको छुट्टा-छुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।
डिएसपी अर्यालका अनुसार तुलसीपुर घोराही सडकखण्ड अन्र्तगत बेलझुण्डी नजिकै बा ३ख ६४३ नम्बरको हायस र नम्बर नखुलेको मोटरसाईकल ठोक्कीदा तुलसीपुर उपमहानगरपालिका १८ निवासी २१ वर्षिय रेशम चौधरीको मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।
मोटरसाईकलसंग हायस ठोकिदा हायसमा आगलागि भएको प्रहरीले बताएको छ । आगलागी हुदा हायस पुर्ण रुपमा जलेर नष्ट भएको छ । सोहि दुर्घटनामा परी घाईते भएका ४ जना मध्ये करण परियार र रमेश वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ । अन्य दुई जना सामान्य घाईते भएको प्रहरीले बताएको छ ।
यसैबिच, तुलसीपुर उपमहानगरपालिका १८ डाँडागाउँस्थित रा५प ९०६६ नम्बरको स्कुटी र लु१च ६२८९ नम्बरको पिकअप गाडी एक आपसमा ठोक्किदा तुलसीपुर उपमहानगरपालिका-१७ निवासी अन्दाजी २५ वर्षिय तारा बहादुर केसीको मृत्यु भएको हो ।