बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
Advertisement
मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका(४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो। चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।