अनुज पछाई, प्यूठान । विज्ञान तथा गणित शिक्षकका लागी एक दिने स्टेम कार्यशाला शुक्रबार स्वर्गद्धारी बहुमुखी क्याम्पस पूण्यखोला प्यूठानमा सम्पन्न भएको छ । प्यूठान जिल्लाका ५ वटा पालिकामा अध्यापन गराउदै आएका गणित तथा बिज्ञान शिक्षकको लागी लक्षित गरेर कार्यशाल गोष्ठि गरिएको सामाजिक डिभिजन कार्यालय बिजुवार प्यूठानका प्रमुख बिष्णु प्रसाद भुषालले जानकारी दिएका छन ।
प्यूठान जिल्लाका नौबहिनी, गौमुखि, मल्लरानी ,झिमरुक गाउपालिका र प्यूठान नगरपालिकाका ३९ जना गणित र ३९ जना बिज्ञान शिक्षकको सहभागितामा उक्त कार्यशाला सञ्चालन गरिएको थियो ।
कार्यशालामा कक्षा १० अथवा एस इइ परीक्षालाई लक्षित गरेर प्रस्नपत्रको निर्माण , कक्षा सञ्चालन,कक्षा ब्यबस्थापन, नमूना शिक्षण लगायतकोे बिषयमा छलफल भएको आयोजक सस्थाका प्रमुख भुषालले बताएका छन । कार्यशालाको बिज्ञान बिषयको प्रशिक्षकाको रुपमा योगेन्द्र जिसी , बिशाल पोख्रेल र बाशुदेब पण्डित रहेका थिए भने गणित बिषयतर्फ प्रशिक्ष्कको रुपमा तिलकराम पाण्डे , हिमाल एमसी र दिनामणी पोख्रेल रहेका थिए ।
प्यूठानमा बाकी रहेका अन्य ४ वटा पालिकाका गणित र बिज्ञान शिक्षकलाई लक्षित गरेर उपयुक्त मिति हेरेर कार्यशाला सञ्चालन गरिने तयारी रहेको आयोजकले बताएको छ । सामाजिक बिकास डिभिजन कार्यालय बिजुवारले कार्यशाला आयोजना गरेको हो।
प्यूठानमा विज्ञान तथा गणित शिक्षकका लागी कार्यशाला सम्पन्न
प्यूठानमा विज्ञान तथा गणित शिक्षकका लागी कार्यशाला सम्पन्न

Advertisement
तपाईको प्रतिक्रिया